प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

एघार उत्कृष्ट भनाइहरु संग्रह

१. जसले आफ्नो सोचलाई परिवर्तन गर्न सक्दैनन् उनीहरूले केही पनि परिवर्तन गर्न सक्दैनन् । – जर्ज बर्नाड शा

२. सानो काममा सफल हुनुभन्दा महान् काम गर्ने प्रयाशमा असफल हुनु बेस । – रोबर्ट सर्चलर

३. केही नगरेसम्म केही हुदैन । – अल्बर्ट आइन्स्टाइन

४. पिडा अस्थाइ हुन्छ तर हार हुदैन यसर्थ पिडा सह तर हार नमान । – लेन्स आर्मस्ट्रङ

५. तिमी त्यो जिन्दगी बाँच जुन तिमी चाहन्छौ । – पिकासो

६. प्रत्येक बिहान जब म आँखा खोल्छु म आफैसँग भन्छु,-‘मसँग आजको दिन खुसी हुनेकी दुःखी हुने भन्ने शक्ति छ । मैले यि दुइ मध्ये कुनै एक रोज्न सक्छु । हिजो मरिसक्यो, भोली अझै जन्मेको छैन, मसँग मात्र एक दिन छ- आज । र म यसलाई खुसीले रंगाउन गइरहेको छु ।’ – ग्रुसो मार्स

७. तिमी खुसी हुन चाहन्छौ भने, हुन सक्छौ । – लियो टोल्स्टाय

८. अब नरोऊ किनभने यो सकियो, बरू खुसी बन किनभने यसको सुरूवात हुदैछ । – सिअस

९. मलाई पारी जान त्यो परको पहाडले छेकेको होइन मेरो जुत्ता भित्रको ढुंगाले हो । – चिनिया कहावत

१०. लामो कालो रात पछी नै नयाँ सुनौलो विहानको सुरूवात हुने हो । – अंग्रेजी कहावत

११. यो नहेर कि तिमी कहा लड्यौ, बरू यो हेर कि तिमी कहाँ चिप्लिएका थियौ । – अफ्रिकन कहावत

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !