प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

सफलता सम्बन्धि १२ भनाइहरु [तेस्रो खण्ड]

१२. जित्ने मान्छे त्यही हो जसलाई मैले जित्न सक्छु भन्ने विश्वास छ ।
– राल्फ वाल्डो इमर्सन

११. गुंण एकान्तमा विकसित हुन्छ भने चरित्रको निर्माण, संसारको भिषण कोलाहलको बीचमा हुन्छ ।
– गेटे

१०. कहिलेकाही आँखा खोलेर पनि अगाडी बढ्ने बाटो नदेखे, आँखा बन्द गरेर हेर्नुपर्छ।
– पल गाउगुइन

९. जीवनको बारेमा बुझ्न छ भने, प्रकृतिलाई गहिर्याइमा गएर बुझ्न कोशिस गर्नुहोस्।
– अल्बर्ट आइन्स्टाइन

८. जब सम्म हामी स्वयम् आफुलाई कुनै कुरामा सम्झाउन सक्दैनौ, तब सम्म हामी अरु कसैलाई पनि केहि कुरा सम्झाउन सक्दैनौ।
– दलाई लामा

७. मिलिजुली काम गर्नुको फाइदा के हुन्छ भने, तपाईको पक्षमा सधैँ कोही न कोही तपाईले पाउनुहुनेछ।
– मार्गरेट कार्टी

६. आफुमा अरुको रुचि बढाएर मित्र बनाउनेहरुको भन्दा अरुमाथि रुचि दिनेहरुको साथिहरु साचो र धेरै हुन्छन्।
– चार्ल्स ऐलन

५. आफु काम गर्ने कम्पनिलाई हैन आफ्नो कामलाई माया गर्नुहोस्, किनकी तपाईको कम्पनिले तपाईलाई कुनै दिन माया नगर्न सक्छ।
– डा. अब्दुल कलाम

४. आज भन्दा एक वर्ष पछि तपाईले सोच्नुहुन्छ कि तपाईले आजकै दिनबाट शुरुवात गरेको भए हुनेथियो।
– केरेन लेम्ब

३. सधैँ याद राख्नुहोस्, तपाई आज जुन वृक्षको छाहारीमा बस्नुभएको छ त्यो धेरै समय पहिला कसैले रोपेको सानो विरुवा थियो।
– वॉरन बफैट

२. आलोचनाबाट बच्ने एउटा उपाय छ : केहि नगर्नु, केहि नभन्नु अनि केहि बन्ने उद्देश्य नराख्नु।
– अरस्तु

१. कुनै कार्य गर्नु बारे धेरै सोच्नु, त्यो कार्य बिग्रिनुको कारण बन्न सक्छ।
– ईवा यंग

Leave a Reply to Krishna Cancel reply

error: Alert: This content is copyright protected. DO NOT COPY!!!