१. तपाईं के सोच्नु हुन्छ, रहस्य राख्न र काम राख्न बुद्धिमानीपूर्वक काटिबद्ध गरे व्यक्त भन्ने तथ्यलाई नदेऊ ।
२. चाहे समाजको अगुवा, घरको अगुवा होस् या देशको अगुवा किन नहोस् उसले नीतिशास्त्रको पालना गर्नुपर्छ ।
३. सत्ता प्राप्तीको स्वाद महभन्दा पनि गुलियो हुन्छ ।
४. आफन्तको अपमान, पत्नीको विछोड, ऋणको भारी, दुष्ट मालिकको सेवा र मन नमिल्नेहरुको संगत गर्नाले आगोविना नै शरीर जल्नेछ ।
५. सुनका करोडौँ मुद्रा दिए पनि जीवनको एकक्षण पाइदैन ।
६. ज्ञानीमा गुन नै गुन र मुर्खमा दोष नै दोष हुने भएकोले सयौँ मुर्ख भन्दा एउटा ज्ञानी ठूलो हुन्छ ।
७. अकुलीन पनि धनी भए कुलीनभन्दा विशेष हुन्छ ।
८. जान नहुने ठाउँमा जाँदा आयु, यश र पुण्य सबै क्षीण हुन्छ।
९. प्राकृतिक रुपमा आम जनता सम्पन्न भए भने सेनाविहीन राज्य पनि सँचालित भइरहन्छ ।
१०. विना परिश्रम धन पाउने आशा गर्नु बालुवाबाट तेल निकाल्नुजस्तै हो ।
११. आमाले कुटेका बालकले आमालाई नै अंगाल्दछ, मायाले भरिएको रीस छोटो अवधिको हुन्छ ।
१२. जीवनको सानोभन्दा सानो पल पनि मुल्यवान छन्, जसलाई करोडौंको धन सम्पत्तिले पनि प्राप्त गर्न सकिदैन ।
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !