प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

आमा सम्बन्धि १२ सम्मानयोग्य भनाइहरु

१. जो मानिसको साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुन सक्दैन । – अब्राहम लिंकन

२. मलाई एक असल आमा देऊ, म तिमीलाई एक असल राष्ट्र दिनेछु । – नेपोलियन बोनापार्ट

३. आज मैले जती गरे यी सबैका लागि म मेरी आमा प्रती ऋणी छु । – जर्ज वासिंगटन

४. दिल खोलेर रूनका निम्ती सबैभन्दा उत्तम ठाउँ आमाको काख हो । – जोडी पिकोल्ट

५. मेरी आमा जिउदो भगवान (चमत्कार) हुनुहुन्छ । – लियोनार्डो डिकाप्रियो

६. संसारको सबैभन्दा धनी मानिस पनि आफ्नो आमा बिना त गरिब नै हुन्छ । – अज्ञात

७. आमा आज पनि रून्छिन । हिजो छोराले खाना नखाइदिदा, आज खान नदिदा ।

८. भगवान सबै तिर हुन् सक्दैनन् यसैले उनले आमाको सिर्जना गरे । – रुडयार्ड किप्लिंग

९. कहिलेकाही आमाको सहनशीलता प्रकृतिको नियम भन्दा महान हुन्छ । – बर्बरा किनसोल्भर

१०. भविष्यको बारेमा आमाले मात्र सोच्न सक्नुहुन्छ किनकि उनीहरुले आफ्ना सन्तान मार्फत यसको सिर्जना गर्दछन । – मेक्सिम गोर्की

११. सत्य यो हो कि चाहे हाम्रो उमेर जति नै हामे सबै हाम्रो साथमा आमा भइदिउन भन्ने चाहन्छौं । यदि यो सम्बन्ध स्वस्थ छ भने यो सबैभन्दा शक्तिशाली सम्बन्ध हो । – गोल्डी हवन

१२. यदि (छोराहरुको सट्टामा) दुइ देशका आमाहरु भेट हुने हो भने संसारमा कुनै युद्ध हुने थिएन । – इ.एम. फोस्टर

आमाको बारेमा जती प्रसंशाका जती शब्द लेखे पनि, आमाका मायालाई जती उपमा दिए पनि यी सबै थोरै हुनेछन् । यी सबै अमूल्य छन्, महान छन् । यस धर्तीलाई आफ्नो अनन्त ममता, निस्वर्थ प्रेम, त्यगद्वारा संसारलाई सिंचियौ, आमा तिमीलाई सलाम छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!