प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

विन्स्टन चर्चिलका १६ स्मरणीय भनाइहरू

१. निराशावादी हरेक अवसरमा समस्या देख्दछ भने आशावादी हरेक समस्यामा अवसर देख्दछ ।

२. सफलताका तीन सूत्रहरू छन्, एक, कहिल्यै हरेस नखाउ, दुई, कहिल्यै हरेस नखाउ र तीन कहिल्यै हरेस नखाउ ।

३. यदि हामीले विगत र वर्तमान बिचको विवादलाई हेरिरह्यौ भने आफ्नो भविष्य गुमाएको पाउनेछौ ।

४. हावाको चाप जती बढी हुन्छ उतीनै चंगा माथी उड्न सक्छ ।

५. हामी अव्यक्त शब्दका मालिक हौं तर ति शब्दहरूको नोकर जुन हाम्रो जिब्रोबाट चिप्लिएका थिए ।

६. राजनीति कुनै खेल होइन, यो त कमाइ हुने व्यापार हो ।

७. इतिहास सधै विजेताहरूबाट लेखिएको हुन्छ ।

८. एक्लो रूख यदि पूर्णरूपमा उम्रन्छ भने बलियो भएर उम्रन्छ ।

९, युद्वमा तिमी एकपटक मात्र मर्न सक्छौ तर राजनीतिमा, पटकौ पटक ।

१०. छोटा शब्दहरू राम्रा हुन्छन र पुराना शब्दहरू सबैभन्दा राम्रा ।

११. हामीले जे पाउछौ त्यो बाट जीवन चलाउछौ तर हामीले जे दिन्छौ त्यो बाट जीवन बनाउछौ

१२. तिम्रा सत्रु छन ? धेरै राम्रो ! किनकि तिमि आफ्नो जीवनमा कुनैचिजको निम्ति त उठ्न सकेका रहेछौ

१३. पटक पटक असफल भएता पनि आफ्नो उत्साहलाई कतिपनि नघटाई हिड्न सक्नुमानै सफलता आधारित हुन्छ

१४. यदि बाटोमा भुक्ने हरेक एक कुकुरलाई ढुंगाले हान्दै हिड्छौ भने तिमि गन्तव्यसम्म कहिल्यै पुग्न सक्दैनौ

१५. मित्रताको जाच खराव परिस्थितिमा उसले कस्तो उपस्थिति देखाउछ सो को आधारमा गरिन्छ

१६. यदि तिमि सफल हुने चाहन्छौ भने सिंहको मुखमा हात राख्ने हिम्मत पनि गर्न सक्नुपर्दछ

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !