प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

विलियम शेक्सपियरका १६ महत्वपूर्ण भनाइहरू

१. सबैलाई प्रेम गर, थोरैलाई विश्वस गर र कसैलाई पनि हानी नगर ।

२. कायरहरू मर्नुपूर्व धेरै पटक मरिसकेका हुन्छन् ।

३. निर्भिक व्यक्तिले ख्यातीको शिखर एकै पलमा चुम्न सक्दछ ।

४. यदि संगित प्रेमको खाना हो भने यसलाई बज्न देऊ ।

५. साँचो प्रेमको चरण कहिल्यै मुलायमसँग हिडेको छैन ।

६. धेरै सुन, थोरै बोल ।

७. यहाँ न असल छ न त खराब नै असल-खराब त हाम्रो सोचाइको उपज हो ।

८. एउटा रित्तो भाडोले नै ज्यादा आवाज निकाल्छ ।

९. हामी को हौं, यो हामीलाई थाहा छ तर के हामी के बन्न सक्छौ यो थाहा छैन ।

१०. प्रेम अन्धो हुन्छ ।

११. आफ्नो प्रेम उसको निम्ति खेर नफाल जसले यसको मूल्य बुझ्न सक्दैन

१२. साचो प्रेमको चरण कहिल्यै पनि सरल बाटोमा हिड्दैन

१३. नर्क त खालि छ किनकि सबै शैतानहरु यहि थुप्रिएका छन्

१४. सबै पीडाको जरो नै धेरै आशा राख्नु हो

१५. तिमि सोचाइमा जति महान छौ कर्ममा पनि त्यतिकै महान बन्ने गर

१६. यदि हामि आफैसंग साचो हुन्थ्यौ भने हामि कसैसंग पनि झुटो हुन सक्ने थिएनौ

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !