प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

अरस्तुका १६ महत्वपूर्ण भनाइहरू

१. हामी त्यँही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ ।

२. आशा जागा अवस्थाको सपना हो ।

३. सबैको लागि साथी कसैको पनि साथी होइन ।

४. शिक्षाको जरा तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ ।

५. हाम्रा खुसीहरू हामीमै निर्भर रहेका हुन्छन् ।

६. म त्यसलाई बहादुर मान्छु जसले आफैलाई जित्न सक्छ तर त्यसलाई होइन जसले शत्रूलाई जित्दछ ।

७. साहस विना यस् संसारमा तिमीले केही पनि गर्न सक्नेछैनौ । साहसनै सफलताको कसी हो ।

८. केही पागलपनको मिश्रण बिना कोही पनि महान् विद्वान बन्न सक्दैन ।

९. असल सुरूवात आधा काम सम्पन्न गर्नु हो ।

१०. हामी शान्तीसँग बस्न सकियोस् भनेर युद्ध गर्दछौ ।

११. एक उच्च सोच भएको व्यक्तिले अरुले के सोच्छन भन्दा पनि सत्य के हो त्यसको बरेमा सोच्नु पर्दछ

१२. जसले जानेको छ उसले गर्दछ, जसले बुझेको छ उसले सिकाउदछ

१३. साथी बन्न चाहनु छिट्टै हुने काम हो तर मित्रता भन्ने कुरा ढिलो पाक्ने फल हो

१४, सिक्नु केटाकेटीको खेल होइन किनकि पिडा विना सिक्न सकिदैन

१५, समय नै यस्तो हो जसले हरेक थोकलाई टुक्रा टुक्रा पारिदिन्छ; समयकै काखमा वस्तुको उदय हुन्छ अनि समयकै अन्तरालमा त्यसको विलय पनि हुन्छ

१६, उही स्वतन्त्र हुनसक्छ जसले आफु भित्रको डरलाई जित्न सक्छ

 

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !