प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

नेल्सन मण्डेलाका १६ भनाइहरू

१. मैले यो जाने की साहस भनेको नडराउनु मात्र रहेनछ बल्की डर माथी विजय पाउनु रहेछ । बहादुर त्यो होइन जो डराउदैन, बहादुर त त्यो हो जो डरको बाबजुद अघी बढ्दछ ।

२. चाहे त्यो कालो जातीबाट भएको होस् वा गोरो जातीबाट म जातीवाद अत्यन्त घृणा गर्दछु, यो एक बर्बता हो ।

३. एउटा ठूलो पहाड चढेपछी बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी छन् ।

४. स्वतन्त्र हुनु मात्र जंजिरलाई उतार्नु होइन बल्की यस्तो जीवन जिउनु हो जसले अन्यको सम्मान तथा स्वतन्त्रता बढाइदिन्छ ।

५. जबसम्म काम समाप्त हुदैन तबसम्म त्यो असंभव लाग्दछ ।

६. जब कुनै खुसियाली मनाइन्छ तब आफू पछी र दोश्रोलाई अघि राख्नु पर्दछ । जब खतराको समय आउदछ तब आफू अघि र दोश्रोलाई पछि राख्नुपर्दछ । तब मात्र जनताले तपाईको नेतृत्वको प्रशंसा गर्नेछन ।

७. शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसेल विश्व बदल्न सक्दछ ।

८. अब, सबैका लागि काम, रोटी, पानी र नुन होस् ।

९. एउटा राम्रो शिर र एउटा राम्रो हृदयले सधै विजयलाई जोडिरहेका हुन्छन् ।

१०. मेरो देशमा मान्छे पहिला जेल जान्छ र पछि राष्ट्रपति बन्दछ ।

११. सबैभन्दा गाह्रो काम समाजलाई बदल्नु होइन, आफैलाई बदल्नु हो

१२. स्वतन्त्र हुनु भनेको बन्धनबाट मुक्त हनु मात्र होइन, बल्कि अरु मानिसको स्वतन्त्रतालाई सम्मान र अभिबृद्धि गर्दै जिउन सक्नु हो

१३. एउटा विजेता स्वप्नदर्शक हो- जसले कहिल्याई आफ्नो सपना माथि हरेश खाएन

१४. यदि आफ्नो सत्रुसँग शान्ति बनाइराख्नु छ भने पहिले उसँगै मिलेर काम गर्नुपर्दछ, त्यसपछि उ स्वत पार्टनरमा बदलिनेछ

१५. यदि मानिस दृढ हुनसक्छ भने उसले कुनै पनि चिजलाई जित्न सक्छ

१६. म कहिल्यै हार्दीन- म या त जित्छु या सिक्छु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!