१. भिन्नैखाले राजनेता नभएसम्म भिन्नैखाले राजनीतिको संभावना छैन ।
२. हामीलाई लामखुट्टेले होइन हाम्रै अल्छ्याइले टोक्छ ।
३. जसले आमा बाबुलाई प्रेम दर्शाउन सक्दैन, उसले आफ्ना छोराछोरीबाट प्रेम खोज्नु अपराध हो ।
४. बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ ।
५. सबैभन्दा सस्तो औषधि हास्य हो, किनभने यसको कमी भयो भने सबभन्दा महंगो औषधि खान बाध्य भइन्छ ।
६. सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ ।
७. अविवाहितहरू प्रेमको प्रभावले बर्बाद हुन्छन्, विवाहितहरू प्रेमको अभावमा बर्बाद हुन्छन् ।
८. असफलता झेल्ने आँट नभएकाहरू सफलताका हकदार हुनै सक्दैनन् ।
९. सबै समस्या र समाधानको मूल मन हो । मन समस्याग्रस्त भयो भने बाहिर समस्या देखा पर्छ । मन शक्तिशाली भयो भने बाहिरका हरेक समस्याहरूको सदुपयोग हुन थाल्छ । मन शक्तिशाली भएको अवस्थामा समस्याहरू अवसरको रूपमा देखिन थाल्छन् ।
१०. जहा नियम हुन्छ त्यहाँ प्रेम हुदैन अनि जहा प्रेम हुन्छ त्यहा नियम हुदैन ।
११. सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो ।
१२. जब मानिसले ‘प्यासन’ र ‘प्रोफेसन’ एउटै बनाउन सक्दछ तव जिन्दगीमा प्रगति गर्दा पनि, नगर्दा पनि उ सदैव खुशी भइरहन्छ ।
१३. प्रेम भनेको दिने चिज हो । तपाईँले दिएपछि त्यो फर्किन्छ आफै । फर्किएन भने ठिकै छ । यसरी ‘प्रेमलाई अनकण्डिसनल’ बनायो भने त्यो जीवनको लागि सबैभन्दा मिठो र सार्थक बन्न जान्छ ।
१४. सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।
१५. माया र मोह फरक कुरा हो, माया निश्वार्थ हुन्छ जस्तै आमाको माया तर मोहमा तुलना हुन्छ पहिले जस्तो माया गरेन वा फलानोले जस्तो माया गरेन भन्ने तुलना यसैले मोहमा पिडा हुन्छ मायामा होइन ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
Nice views I admire it sir😍