प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

सत्य साईबाबाका सत वाणीहरू

सत्य साइबाबा हाम्रा माझ निकै लोकप्रिय धार्मिक व्यक्तित्व हुनुहुन्छ । संसारभर उहाका लाखौ अनुयायीहरु रहेका छन् । उनको मार्गदर्शनलाई शिरोपर गर्दै सात मार्गमा लाग्न चाहनेहरुको निम्ति हामीले उहाद्वारा विभिन्न समयमा वाचित वाणीहरुको लघु संकलन गरेका छौ जुन निम्नानुसार छन्:

१. सेवा प्रेमको अर्को रूप हो ।

२. माननव सेवा नै कुनै भगवानको सेवा हो ।

३. भगवान आफैभित्र हुन्छ ।

४. कीराले अन्नलाई जस्तै कपटले मानिसलाई नष्ट गर्दछ ।

५. आफूलाई गाली गर्नेलाई प्रेम गर्न नछोड ।

६. अरूबाट प्रतिष्ठा र आदर पाउने इच्छा नराख ।

७. ईश्वरलाई पूर्ण विश्वास राख्नेले जे पनि पाउन सक्दछ ।

८. बोल्नु र गर्नुपूर्व एकछिन सोचे गल्ती हुदैन ।

९. बोलीको घाउ वाणको घाउ भन्दा दर्दनाक हुन्छ ।

१०. सधै अरूको विचार र दृष्टिकोणलाई आदर गर ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !