प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

अल्बर्ट आइन्स्टाइनका १८ भनाइहरू

१. ज्ञान भन्दा कल्पना धेरै शक्तिशाली हुन्छ ।

२. एकमात्र सच्चा मूल्यवान चिज आत्मज्ञान हो ।

३. म भविष्यको बारेमा उस्तो सोच्दिन किनभने यो छिट्टै आउदछ ।

४. धर्म विना विज्ञान लंगडो र विज्ञान विना धर्म अन्धो हुन्छ ।

५. हामीले बलद्वारा शान्ति प्रप्त गर्न सक्दैनौ । मात्र समझदारीबाट शान्ति कायम राख्न सकिन्छ ।

६. गणित गाह्रो लाग्छ भनेर चिन्तित नहोऊ । तिम्रो मस्तिष्क अझै पनि महान् छ ।

७. यदि A सफलता हो भने, सूत्र हुन्छ A=X+Y+Z । जहाँ X भनेको कार्य, Y भनेको मनोरञ्जन र Z भनेको आफ्नो मुख बन्द राख्नु हो ।

८. हिजबाट सिक, आजँका लागि बाचँ र भोल्का लागि आशा गर । सबैभन्दा महत्वपूर्ण कुरा हो, प्रश्न गर्न बन्द नगर्नु ।

९. जुन व्यक्तिले कुनै पनि गल्ति गरेन भने बुझ उसले नयाँ केही पनि सिकेन ।

१०. ईश्वर हुनुभन्दा अघि हामी सबै बराबर विद्वान र उतीनै मुर्ख थियौ ।

११. संसार यस्ता कमै मात्र व्यक्तिहरु छन् जसले स्वाय आफ्नै आँखाद्वारा देख्दछन अनि आफ्नै हृदयद्वारा अनुभूत गर्दछन

१२. सफल हुने मात्र प्रयत्न नगर बरु मुल्यवान हुने प्रयत्न गर

१३. पहिले प्रकृतिमा गहिरिएर हेर अनि तिमीले सबैथोक राम्रोसँग बुझ्न सक्नेछौ

१४. धर्म, कला र विज्ञान एकै रुखका हाँगाहरु हुन्

१५. एउटा टेबल, अनि कुर्सि, एक बटुको फलफुल र एउटा भ्वाएलिन; एउटा मान्छेलाई खुसि हुन् यी बाहेक अर्थोक के चाहिएला र ?

१६. जिन्दगि भनेको साइकल चलाउनु जस्तै हो; जीवनमा सन्तुलन ल्याउनको निम्ति तिमि अघि बढिरहनु पर्दछ

१७. मसंग त्यस्तो केहि खुवी छैन बस म केहि चिज प्रति भित्रि प्यासन देखि जिज्ञासु छु

१८. म सबैसंग समान तरिकाले बोल्दछु चाहे त्यो फोहोर उठाउने व्यक्ति होस् वा कुनै विश्वविद्यालयको प्रेसिडेन्ट

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !