प्रेरक भनाइहरु

चाणक्य तथा भृतिहरिका १६ अनमोल वाणीहरु

चाणक्य वाणी

१. ज्ञान भन्दा ठूलो अर्को कुनै गुरू हुँदैन ।

२. गुरू, मूर्ख, मित्र र स्वजनहरूसित बुद्धिमान व्यक्तिले व्यर्थ विवाद गर्नुहुदैन ।

३. जो आरूको कल्याणको लागि काम गर्छ त्यही सत्पुरूष हो ।

४. चन्द्रमाले जसरी उज्यालो दिन्छ त्यसै गरी सज्जनले प्राणामाथी दया गर्नुपर्दछ ।

५. भोको भए पनि बाघले घास खादैन ।

६. अधिक लोभ अधिपतनको कारण हो ।

७. आफ्नो इच्छाअनुसारको नियम बनाउने शासक महान् अत्याचारी हो ।

८. धनरहीत हुदैमा कसैलाई पनि निर्धन मान्न सकिदैन ।

९. अपमान सहेर बाँच्नुभन्दा पैतलाको धुलो उत्तम हुन्छ ।

१०. सुन्दर रूप, तरूण अवस्था र मधुरता यी तीन रूप नारी जातिको ठूलो बल हो ।

११. मानिस असल गुणले उत्तम हुन्छ न की उच्च आसनमा बसेर, महलको छानामा बस्दैमा काग गरूढ बन्छ र ?

१२. आफ्नी श्रीमती, भोजन र धन यी तीन कुरामा सन्तोष मान्नुपर्दछ ।

भृतिहरि वाणी

१. उपकार गर्नु सबैभन्दा ठूलो धर्म हो भने वैराग्य सबैभन्दा ठूलो मुक्ति हो ।

२. तृष्णालाई नष्ट गरी क्षमतालाई धारण गर ।

३. संसारमा सबैभन्दा प्रिय प्राणी भनेको विश्वासिली पत्नी हुन् ।

४. सत्पुरूष सम्पत्ति पाएर उन्माद हुँदैन ।

५. अधकल्चो मानिसलाई सम्झाउन ब्रह्मलाई पनि गाह्रो पर्छ ।

६. सम्पूर्ण कुरोको औषधि शास्त्रले बनाएको छ तर मूर्खको औषधी भने छैन ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !