प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

महान रुमीका १४ उत्कृष्ट भनाइहरु [खण्ड १]

१. कहिल्यै आफुलाई सानो नठान, आनन्दको गतिमा तिमि पनि एउटा ब्रम्हाण्ड हौ ।

२. तिमीले जे खोजिरहेका छौ त्यसले पनि तिमीलाई खोजिरहेको छ ।

३. चिन्ता नगर, तिमीले जे गुमायौ त्यो पुन आर्को रुपमा तिमिसामु घुमेर आइपुग्नेछ ।

४. हिजो म बाठो थिए यसैले संसार बदल्न चाहन्थे तर आज म समझदार भएको छु यसैले म आफुलाई बदलिरहेछु ।

५. तिमि जन्मदै पखेटा लिएर उड्न आएका हौ ! तव किन जिन्दगि भर घिस्रिएर रुचाउछौ ?

६. जति पनि राम्रा, सुन्दर, आकर्षक बनेका छन् ति हेर्नेका नजरमा बनेका छन् ।

७. आफ्नो तर्कलाई बढाउ स्वरलाई होइन । यो ख्याल राख कि वर्षाले फुललाई बढ्न मद्दत गर्ने हो चट्याङले होइन ।

८. गुडबाई भन्ने तिनीहरुको लागि मात्र हो जसले आँखाद्वारा प्रेम गर्दछन तर तिनीहरु जो आत्मा र हृदय देखि प्रेम गर्दछन उनीहरुको निम्ति बिछोड भन्ने नै हुदैन ।

९. हो मलाइ थाहा छ तिमि थकित छौ तर पनि आउ अघि बढ किनकि यहि नै तिम्रो बाटो हो ।

१०. तिमि जहाँ हुन्छौ जे गर्छौ प्रेममा हुने गर ।

११. प्रेमको अघि कारणको कुनै शक्ति हुदैन ।

१२. तबसम्म आफ्नो मनलाई छिया छिया बनाइरह जबसम्म यो खुल्दैन ।

१३. पिडा जुन तिमीले भोगेका छौ यी संदेशवाहक हुन्, यीनलाई सुन्ने कोसिस गर्नु ।

१४. तिम्रो हृदय सागर जत्तिकै गहिरो छ । जाउ आफुलाई त्यो गहिराइमा खोज्ने प्रयाश गर ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!