प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

कसरी खुसी रहने ? खुसी हुनुका १२ रहस्यहरु

१. यदी हामी खुसी हुन् चाहन्छौं भने अरुको बारेमा ज्यादा सोच्नु हुदैन । – अल्बर्ट कामु

२. यदि तिमि एक घण्टाको लागि खुसी हुन चाहन्छौं भने- गएर सुत । यदि तिमि दिन भरिको लागि खुसि हुन् चाहन्छौं भने- माछा मार्न जाउँ । यदि तिमि एक वर्षको लागि खुसि हुन् चाहन्छौं भने सम्पति कमाऊ । तर याद जिन्दगीभरको लागि खुसि हुन् चाहन्छौं भने- अरुको सेवा गर । – चिनियाँ उखान

३. तिमीसंग के छ, तिमि को हौ, तिमि अहिले कहाँ छौ, के गरिरहेका छौ इत्यादि कुराले तिमीलाई खुसि वा दुखि बनाउने होइन तिमीलाई खुसि वा दुखि बनाउने त् तिम्रो आफ्नै सोच ले हो । – डेल कार्नेगी

४. हाम्रो चाहना भन्दा बाहिरको कुरा माथि सोच्न बन्द गर्ने हो भने खुसि हुन् सकिन्छ । – एपिकटेटस

५. खुसी भनेको हामीले केहि नयाँ प्राप्त गर्दा आउने परिणाम होइन यो त हामी संग जे छ त्यसलाई चिन्नु र सन्तुष्ट हुन् सक्नुमा मिल्दछ । – फ्रेडरिख कोनिंग

६. खुसि मानिसहरुले काममा ध्यान दिन्छन नतिजामा होइन । – डेनिस विट्ले

७. खुसि भनेको तिमीले सोच्ने, तिमीले भन्ने र तिमीले गर्ने काम विचको तालमेलबाट प्राप्त हुन्छ । – महात्मा गान्धी

८. खुसी कुनै तयारी थोक होइन यो त तिम्रो आफ्नो कर्मबाट प्राप्त हुन्छ । – दलाइ लामा

९. खुसीहरू हामी आफैमा निर्भर रहेका हुन्छन् । – अरस्तु

१०. मानिसहरु बेखुसी हुनुको खास कारण उनीहरुले आफ्नो विगत आजको भन्दा राम्रो देख्छन, वर्तमान वास्तविक भन्दा खराब मान्छन नि भविष्यमा यी सुधार्न नसकिने ठान्दछन । – मार्सल प्याग्नल

११. खुशीको रहस्य अरुले मन पराएको काम गर्नुमा होइन आफुले जे काम गरिन्छ त्यो काम मन पराउनु म हुन्छ । – जेम्स बि म्यारी

१२. म खुसी छु थाहा छु किन ? किनकि म कसैसंग केही अपेक्षा राख्दिन । आशाले सधै निराशा ल्याउदछ । यसैले सदैव खुलेर बाच्ने गर । – विलियम शेक्सपियर

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !