चाणक्य नीति-वचन शृंखला – दोस्रो
१. दुष्ट व्यक्तिको चिल्लो कुरामा कहिल्यै भरोसा नगर्नु क्नाकी उसले जति नै राम्रो कुरा गरे पनि आफ्नो मूल स्वाभाव भुल्न सक्दैन जसरी सिंहले सिकार गर्ने स्वाभाग भुल्न सक्दैन ।
२. फुलको सुगन्ध एक दिशामा मात्र फैलन्छ तर मानिसको राम्रो कामको सुगन्ध हरेक दिशामा फैलन्छ ।
३. आफ्नो सन्तानलाई सम्पति दिएँन भने उ केही बेर मात्र रुनेछ, तर यदि संस्कार दिइएन भने उ जिन्गदिभर रुनेछ ।
कदम, कसम र कलम सधै विचार पुर्याएर उठाउनु पर्दछ ।
४. तिमीले राजनीतिमा हिस्सा नलिनुको सबैभन्दा ठूलो दण्ड यहि हुन्छ कि कुनै अयोग्य व्यक्तिले तिमीमाथि सासन गर्नेछ ।
५. मलाई त्यो सम्पतिको आवश्यकता पर्ने छैन जसलाई पाउनको निम्ति मैले कठोर यातना सहनु पर्ने हुनेछ, या आफ्नो सदाचारलाई लिलाम गर्नुपर्ने हुनेछ वा शत्रुको चाप्लुसी गर्नु पर्ने हुनेछ ।
६. जो संग धैर्य छैन उसको न वर्तमान हुन्छ न भविष्य नै ।
७. कुवामा पानि झिक्न हालिएको बाल्टी निहुरिने गर्दछ यसैले त आफुभारी पानि तान्न सक्छ जीवनमा पनि यहि गणित लागु हुन्छ- जो व्यक्ति झुक्न सक्छ उसले नै प्राप्त गर्न सक्दछ ।
८. सफल हुन्को निम्ति वफादार मित्रको आवश्यकता पर्दछ तर अझै सफल हुनको निम्ति उस्तै शत्रुको आवश्यकता पर्दछ ।
९. जो मान्छे आफ्नो रहस्य र अर्काको रहस्य आफु भित्र नै राख्न सक्छ यस्तो व्यक्तिलाई अरुको अघि झुक्नु आवश्यकता पर्दैन ।
१०. अरुको गल्तीबाट सिक्ने गर किनकि तिमीसंग आफ्नै गल्तिद्वारा सिक्नको निम्ति निकै कम समय छ ।
११. जो वक्ति आफूसंग त्यो तागत नहुदा नहुदै पनि मन देखि हार मान्न इन्कार गर्दछ त्यो व्यक्तिलाई दुनियाको कुनै शक्तिले हराउन सक्दैन ।
तिमीले राजनीतिमा हिस्सा नलिनुको सबैभन्दा ठूलो दण्ड यहि हुन्छ कि कुनै अयोग्य व्यक्तिले तिमीमाथि सासन गर्नेछ ।
१२. विद्वानहरुको माझमा अनपढ उसरी नै अपमानित ह्हुन्छ जसरी हाँसको बिचमा बकुल्ला ।
१३. जबसम्म शत्रुको कमजोरी पत्ता लाग्दैन तबसम्म उसंग मित्रवत व्यावहार देखाउनु पर्ने हुन्छ ।
१४. शिक्षा नै मानिसको वास्तविक साथि हो । शिक्षित व्यक्ति जताततै सम्मानित हुन्छन । शिक्षाले नै सुन्दरता र जवानीलाई माथ दिन सक्छ ।
१५. कदम, कसम र कलम सधै विचार पुर्याएर उठाउनु पर्दछ ।
१६. भगवान साक्षात रुपमा प्रकट हुदैनन्, तिम्रो असल भावना न तिम्रो भगवान हो र तिम्रो आत्मा मन्दिर ।
सत्य बचन