प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

यूरिपिडीजका जीवनोपयोगी १८ भनाइहरु

१. दश हजार नातेदार भन्दा एउटा बफादार मित्र धेरै बहुमुल्य हुन्छ ।

२. सवै विषयमाथि प्रश्न गर; केहि विषय माथी जानकारी लेउ; तर उत्तर कसैको नदेउ ।

३. मुर्खसँग ज्ञानको कुरा गर उसले तिमीलाई मुर्ख सम्झनेछ ।

४. घुडा टेकाएर जिउनु भन्दा बरु म आफ्नो खुट्टामा मर्न रुचाउछु ।

५. दुखको बेलामा नै वास्तविक मित्रको पहिचान हुन्छ र जो सँग वास्तविक मित्र हुन्छन उ नै खासमा सम्पन्न व्यक्ति हो ।

६. एउटा दास त्यो हो जसले आफ्नै विचारलाई व्यक्त गर्न सक्दैन ।

७. आजको दिन भनेको त्यो ‘भोली’ हो जसको तिमीले हिजो केहि फरक गर्नेछु भएनर आशा गरेका थियौं ।

८. दुखान्त भनेको केही नपाउनु वा हार खानु होइन बल्कि तिमीसंग जे थियो त्यो गुमाउनु हो । यसैले हिजोको बासी दुखका लागि आजको ताजा आशु खेर नफाल ।

९. हामीले खासमा हाम्रो छालाको होइन बुद्धिको धेरै ख्याल राख्नुपर्दछ किनकी जब बुद्धि नै हुदैन तब शुन्दरताबाट कुनै लाभ लिन सकिदैन ।

१०. दुष्टको सामना गर्नु बरु हल्का होला तर आफूले नगरेको गल्तिको बोझलाई बोक्नु जत्तिको दुखदायी अर्को हुदैन ।

११. जबसम्म माछा हातमा पर्दैन तबसम्म त्यसमाथीको व्यापारको आशा नराख ।

१२. सबैले सोध्दछन कि त्यो मान्छे धनि हो कि होइन तर कसैलाई वास्ता हुदैन कि उ असल हृदयको हो वा होइन ।

१२. धनि मानिसको लागि पैसा नै धर्म हो ।

१३. त्यहि मानिस खुसी हुन् सक्छ जो पलहरुमा बाच्दछ, कुनै सवाल गर्दैन र सानो कुराहरुप्रति पनि कृतज्ञ रहन्छ ।

१४. मित्रताले तिम्रो खुदी दुगुना गर्दछ भने दुख आधि घटाउदछ ।

१५. एउटा रुखको मूल्यांकन उसको फलद्वारा गर उसको पत्ताद्वारा होइन ।

१६. सबैभन्दा राम्रो र सुरक्षित बाटो भनेको आफ्नो जिन्दगीमा सन्तुलन कायम गरिरहनु हो । आफूभित्रको र आफ्नो ओरिपरीको महानतालाई चिन्न र स्वीकार गर्न सक यसैले नै तिमीलाई एक समझदार व्यक्ति बनाउनेछ ।

१७. मानिसको सबैभन्दा ठूलो रोग अनुशासनहिनता हो ।

१८. कडा मिहिनेत विना खुसी खोज्नु भनेको लाजमर्दो हो ।

प्रतिक्रियाहरु

Leave a Reply to Janaki koirala Cancel reply

error: Alert: This content is copyright protected. DO NOT COPY!!!