प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

असफलता के हो ? के होइन ? १४ भनाइहरु !

१४. असफतला भनेको फेरी एक पटक सुरुवात गर्ने अवसर हो, यो पटक थप कुशलतापूर्वक । – हेर्नारी फोर्ड

१३. त्यो व्यक्ति जसले कहिल्यै गल्ति गरेन भने बुझ्नुस उसले जीवनमा केहि नयाँ गरेको छैन । – अल्बर्ट आइन्स्टाइन

१२. हाम्रो सबैभन्दा ठूलो कमजोरी भनेको हार मान्नु हो । सफल हुने सबैभन्दा पक्का उपाए हो, पुन एक पटक प्रयास गर्नु । – टमस एल्भा एडिसन

११. यदि तिमीले आफ्नो हारबाट सिकेका छौ भने, तिमि वास्तवमा हारेको होइनौ । – जिग जिग्लर

१०. असफलताबाट नै सफलताको मार्ग बनाउ । हतोत्साहन र असफलता सफल हुनको निम्ति अघि बढाउने दुइ सिढी हुन् । – डेल कार्नेगी

९. हरेक असफलताले उत्रै सफलताको निम्ति विउ लिएर आएको हुन्छ । – नेपोलियन हिल

८. जसले कुनै नयाँ गर्दैन उसाले मात्र गल्ति गर्दैन । – फ्रान्सेली कहावत

७. हामीले जिन्दगीमा गर्ने एउतै गल्ति भनेको त्यो हो जसबाट हामीले केहि सिक्न सक्दैनौ । – हेर्नारी फोर्ड

६. असफलता स्वीकार गर्न सकिन्छ तर हार मानेर छोड्ने कुरालाई छोड्न सकिदैन । – क्रिस ग्राण्डर

५. सफलता त्यो एक प्रतिशतले कार्यले बन्दछ जुन कार्य ९९ प्रतिशत असफलताको वावजुद बनेको थियो । – शोइशिरो होण्डा

४. सफलताको एउटा समस्या हुन्छ त्यो हो यसले असफलतासँग कसरी सामना गर्ने भन्ने कुरा सिकाउदैन । – टोम्मी लासोर्डा

३. मैले जीवनमा भोगेका ठूला ठूला असफलता नै पछि सफलता बनेका थिए । – पर्ल एस वक

२. एकै मात्र थोक जसले सपना साकार हुन् रोक्न सक्दछ त्यो हो- असफल हुने डर । – पाउलो कोयल्हो

१. सफलता भनेको आफ्नो हिम्मत नहारी लगातार एक पछी अर्को असफलता झेल्दै हिड्नुले मिल्दछ । – विन्स्टन चर्चिल

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!