प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

जिग जिग्लरका सफलता सम्बन्धि १६ भनाइहरु

१. F.E.A.R को दुई अर्थहरू छन्, पहिलो ‘Forget Everything And Run’ र दोस्रो ‘Face Everything And Rise’ यी दुई मध्य कुन रोज्ने रोजाई तपाईको हातमा छ ।

२. तिमीलाई सुरुवात गर्नको निम्ति माहान हुनुपर्छ भन्ने छैन तर महान बन्नको निम्ति भने अहिल्यै देखि सुरुवात भने अवश्य गर्नुपर्ने हुन्छ ।

३. जिन्दगीमा कसैलाई पनि गालि नगर । राम्रा मान्छेले तीमीलाई खुसि पार्नेछन, खराव मानिसले अभुवाभ दिनेछन, खत्तम मानिसले पाठ सिकाउनेछन अनि उत्तम मानिसले यादगार बनाउनेछन् ।

४. तिमीलाई खराव व्यवहार गर्ने मानिस जिन्दगीमा प्रसस्त भेटिन्छन तर तिनीहरुलाई धन्यवाद भन्नु किनकि उनीहरुकै कारण आज तिमि बलियो बन्न सकेका छौ ।

५. तिमीले जीवनमा चाहेको हरेक थोक पाउनेछौ यदि तिमीले अरु मानिसले के चाहेका छन् सो प्राप्तिका निम्ति सहयोग गर्दछौ भने ।

६. जिन्दगि भनेको प्रतिध्वनी जस्तै हो- जे रोप्छौ त्यहि फल्दछ, जे दिन्छौ त्यहि प्राप्त गर्दछौ, अनि अरुलाई जस्तो देख्छौ आफूमा पनि त्यहि भएको पाउदछौ ।

७. जब तिमि समस्यामा ध्यान केन्द्रित गर्छौं भने अझ धेरै समस्या देख्दछौ तर यदि संभावना तर्फ ध्यान लगाउदछौ भने अरु बढी अवसर भएको पाउनेछौ ।

८. ती चिजहरु जुन दिन पनि मिल्छ तर जति दिए पनि सकिदैन तर आफूसंगै रहने चिजहरु मध्य सबैभन्दा उत्कृष्ट भनेको- तिम्रो शब्द, एक मुस्कान, र कृतज्ञ हृदय हो ।

१०. आफ्नो सपना पूरा गर्नबाट जतिपनि असफल भएका छन् ति आफूमा क्षमता नभएर होइन बरु दृढ संकल्प नभएर हो ।

११. खराव र विषाक्त व्यक्तिहरुले तिम्रो दिमागमा भाडा जमाएर बस्न नदेउ ! भाडा ह्वातै बढाइदेउ र उनीहरुलाई लात हानेर निकाल्देउ ।

१२. आज तिमीले जे गर्दछौ त्यसैले नै भोलिको तिम्रो पूरै जीवन बदल्दिनेछ ।

१३. मलाई विश्वास छ सफलता साधारण व्यक्तिको असाधारण संकल्पको कारण प्राप्त हुने गर्दछ ।

१४. आफू कडा त बन तर अशिष्ट होइन, दयालु त बन तर कमजोर होइन, बहादुर त बन तर अत्याचारी होइन, नम्र त बन तर कातर होइन, गौरवान्वित त बन तर घमण्डी होइन ।

१५. हिजोको टुटेफुटेको विगतालाई लतारेर आजको दिनको सुरुवात नगर । हिजो हिजोको मध्यरातमै सकियो आजको दिन ब्राण्ड न्यु दिन दिन हो, र यो विशुद्द तिम्रो हो कसैको प्रभाव विनाको ।

१६. चिन्ताले हिजोको समस्यालाई दुर गर्दैन झन बरु आजको शान्ति र चैनलाई भने पक्कै दुर गर्दिनेछ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!