विचार

के तपाई माथी उठ्ने साहस गर्न सक्नुहुन्छ ?

सामान्य जीवनबाट माथी उठ्ने साहस गर्नेहरूले नै सफलता चुमेका छन् । चार्ली च्याप्लीन खानाका लागि भिख माग्दथे, अल्बर्ट आइन्स्टाइनले पिउनको नोकरी गर्थे, स्टिभ जब्स् फालिएका कवाडी बेच्दथे, राइट दाजुभाइ थोत्रा साइकल मर्मत गर्दथे, माइकल फराडे पत्रिका बेच्थे, जे के रोलिङले ह्यारी पोर्टर फालिएको कागजमा लएखेकी थिइन, जोन बेयर्डले गरिबी र तिरस्कारका बिच टिभीको आविष्कार गरेका थिए, टेलिफोनको आविष्कार त अध्यारो र गन्हाउने कोठामा भएको थियो ।

उनीहरूले जस्तोसुकै विकराल परिस्थीतीका बाबजुद पनि माथी उठ्ने फैसला गरेका थिए र त उनीहरू सफलतासम्मै पुगे । सपनाको लहरोसमाती माथी चढ्ने साहसीहरूका लागि नै सफलता भन्ने चिज बनेको हो । यसर्थ, आफ्नो सपना पक्डिनुस् र जस्तो अवस्था छ त्यँहीबाट माथी उठ्ने साहस लिनुहोस् । सफलता तपाईलाई नै कुरेर बसिरहेको छ ।

उठ्नुपर्छ अब । जाग्नुपर्छ, हिड्नुपर्छ त्यो महानता तर्फ, त्यो सफलता तर्फ । यहाँ, उठ्नेहरू मालिक बनिरहे, सुतेकाहरू सधै गुलाम बनिरहे । उठेकाहरूले उज्यालो भेटिसके, सुतेकाहरू अन्धकारमा रूमल्लिरहेका छन् । उनीहरूले स्वतन्त्रताको प्वंख फैलाई उडीरहेका छन्, हामी आफ्नै पिंजडामा कैद छौ । उनीहरू उचाइ चुम्दैछन्, हामीहरू बाँच्नका निम्ती संघर्ष गर्दैछौ । उनीहरूले महानताको मुर्ती खडा गरे र हाम्ले त्यसलाई पुज्दैछौ । हाम्रो जमात ९५% छ, उनीहरू मात्र ५% छन् तर संसार उनीहरूले हल्लाइरहेका छन्, हामी हल्लिरहेका छौ । भैगौ अब जाग्नैपर्ने भो, तोड्नुपर्ने भो चिर निद्रा, उठेकाहरूले हामीलाई कुल्चिएर हिडिरहे । उनीहरूले हाम्रो पिडाको कथा लेखे र साहित्यकार बने । आफ्नो दरिद्रताको चित्र कोरे र कलाकार बने । हामीलाई राज गरी नेता बने । यसर्थ अब उठ्ने पालो हाम्रो हो । अब हिड्ने पालो हाम्रो हो । औसत जिन्दगी घातक भयो, अब जिन्दगीमा क्रान्ती आवश्यक भो ।

उठौ, जागौ र आफू भित्रको प्रतिभाको मसाल बाली संघर्षको बलले विषमताको अन्धकारलाई चिर्दै असफलताको आगन हुदै अघि बढौ र सात अरबको भिडलाई देखाइदिऔ कि हामी पनि संसार हल्लाउन सक्छौ ।

प्रतिक्रिया

Leave a Reply to Bijal Singh Cancel reply

error: Alert: This content is copyright protected. DO NOT COPY!!!