प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

मार्लिन मुनरोका उत्कृष्ट १६ भनाइहरु

१. नकारात्मक सोच भएका व्यक्तिहरुलाई मेरो जीवनबाट हटाउनुको मतलव मैले उनीहरुलाई घृणा गरेर होइन बल्कि सम्मान गरेको कारणले हो ।

२. यदी तिमीले मेरो खराव अवस्थामा पनि माया गर्न सक्दैनौ भने मेरो राम्रो अवस्था हुदाँ माया गर्ने लायकको रहदैनौ ।

३. मुस्कुराउदै गर, किनकि जिन्दगि एउटा शुन्दर चिज हो र मुस्कुराउनको निम्ति त्यहाँ धेरै कुराहरु छन् ।

४. एक पटक असफल भयौ भन्दैमा तिमि बारम्बार असफल भैरहने भन्ने त् होइन नी ! यसैले प्रयाश गर्न नछोड, सधै सधै सधै आफूमाथि भरोसा राख ।

५. मा कमजोर भएको कारण अरु मानिसलाई माफी दिएको होइन, बरु म त्यति निडर छु कि मलाइ थाहा छ मानिसहरुले गल्ति गर्दछन यसैले म माफी दिन्छु ।

६. ती सबै युवतीहरु जसले आफू जिरो फिगरको नभएको कारण मोटी भएको सम्झन्छन्, ख्याल राख तिमि नै सबैभन्दा सुन्दर हौ मोटो त यो समाज छ ।

७. यो धरतीका हरेक एक तारा हुन्, र हरेक एक लाई चम्कने अधिकार छ ।

८. तिमी थाक्दैमा नरोकिनु, त्यतिबेला रोकिनु जब तिमीले पूरै फत्ते गर्छौं ।

९. म राम्री छु तर म परी होइन । मैले पाप गर्छु तर पनि म दानव होइन । म आकर्षक छु तर शुन्दर होइन । मेरा साथीहरु छन् तर म शान्तिदूत होइन ।

१०. आकाश अन्तिम सिमा होइन, बरु तिम्रो सोचाइ हो ।

११. यदी तिमीले एउटी युवतीलाई हसाउन सक्छौ भने तिमीले उसलाई जे भनको पनि मान्ने बनाउन सक्छौ ।

१२. मेरो जीवनमा घटेको सबैभन्दा राम्रो चिज भनेको म महिला भएर जन्मन पाए । मलाई लाग्छ हरेक महिलाले यसरी नै सोच्नुपर्दछ ।

१३. कसले भन्छ रात वस सुत्नको लागि मात्र हो ?!

१४. यदी तीमिले दोहोरो चरित्र बनाउछौ भने कमसेकम एउटा चरित्रमा त राम्रो बन ।

१५. खुसी संसारकै सबैभन्दा उत्कृष्ट चिज हो किनकि यो बेगर तिमीले पीडायुक्त जिन्दगि बाच्नुपर्ने हुन्छ ।

१६. जब तिमीले झुटहरुमा विश्वास गर्छौं तव तीमिले बुझ्ने छौ कि आफू सिवाय अरुलाई भरोसा गर्न हुने रहेनछ ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !