प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

अब्दुल कलामका १६ अत्यन्त प्रेरणादायी भनाइहरु

१. यदी ती FAIL हुन्छौ भने पनि हरेश नखाउ किनकि F.A.I.L को अर्थ हुन्छ; First Attempt In Learning. END को अर्थ पनि अन्त्य होइन, यसको अर्थ हुन्छ- Effort Never Dies. यदी तिमीले प्रतिउत्तरमा NO भन्ने जवाफ पाउछौ भने ख्याल राख NO को अर्थ हुन्छ- Next Opportunity.

२. जब पानि पर्छ तब सबै चराहरु ओत खोज्न तिर लाग्दछन तर बाज भने बादल भन्दा माथी उडीदिन्छ । समस्या सबैलाई पर्दछ तर फरक पार्ने भनेको समस्या प्रतिको तिम्रो प्रतिक्रियाले हो ।

३. सफलताको कथाहरु मात्र नापढ त्यहा वस् एउटा कथा मात्र हुन्छ बरु असफलताको कथा पढ त्यहाँ तिमीले सफलताको निम्ति बाटोहरु पत्ता लगाउन सक्दछौ ।

४. असफलता नामक रोगलाई परास्त गर्ने पक्का  औषधि भनेको आत्मविश्वास र कडा मेहेनत हो । यी दुवै चिजले तिमीलाई एक सफल व्यक्ति बनाउनेछ ।

५. तिमीले आफ्नो भविष्य बदल्न सक्दैनौ तर आफ्नो बानी त बदल्न सक्छौ । तिमीले आज बदलेको तिम्रो बनीले भोली अवश्य तिम्रो भविष्य बदल्न सक्नेछ ।

६. यदि तिमीले आफ्नो कामलाई स्यालुट गर्छौ भने तिमीले कसैलाई स्यालुट गर्नु पर्दैन तर यदि तिमीले आफ्नो कामलाई पोलुट (विगार) गर्छौं भने तिमीले सबैलाई स्यालुट गर्नुपर्ने हुन्छ ।

७. सफलताको रहस्य के हो ? सहि निर्णय लिनु । सहि निर्यण कसरी लिने ? अनुभवद्वारा । अनुभव कसरी हासिल गर्ने ? गलत निर्णयद्वारा ।

८. एउटा असल पुस्तक सय साथी बराबर हुन्छ । तर, एउटा असल साथी पुरै पुस्तकालय बराबर हुन्छ ।

९. एउटा मूर्खले ‘म त मूर्ख रहेछु’ भन्ने थाहा पायो भने उ विद्वान बन्न सक्छ । एउटा विद्वान ‘म त विद्वान पो हो त’ भन्न लाग्यो भने उ मूर्ख बन्न पुग्छ ।

१०. पहिलो जित पछी आराम गर्न तर्फ नलाग । यदि तिमीले दोस्रो प्रयासमा हार्न पुग्यौ भने प्राय मानिसहरुले तिम्रो पहिलो जितलाई भाग्यले जितेको भन्ने ठान्नेछन ।

११. यदि तिमि सूर्य जस्तै चम्कन चाहन्छौ भने पहिले सूर्य जस्तै जल्न सिक ।

१२. जीवनमा कठिनाइ तिमीलाई सिध्याउन आउने होइन, बरु तिमीभित्र लुकेर रहेको क्षमता र शक्तिलाई जगाउन आउने हो । तिमीले आफ्नो कठिनाइहरुलाई यो बताउनुकि तिमि पनि कम कठिनको व्यक्ति होइन ।

१३. सपना भनेको त्यो होइन जुन तिमि सुत्दा देख्दछौ; बरु सपना त्यो हो जसले तिमीलाई सुत्न दिदैन ।

१४. म ह्याण्डसम व्यक्ति होइन तर म कसैलाई आवश्यकता परेको छ भने मेरो ह्याण्ड सहयोगको निम्ति सधै तयार रहनेछ । यसैले सुन्दरता हृदयमा हुन्छ अनुहारमा होइन ।

१५. कसैलाई हराउन निकै सरल छ तर कसैलाई जित्न बहुत कठिन हुन्छ ।

१६. राष्ट्रकै सबैभन्दा उत्कृष्ट मस्तिष्कवान व्यक्ति कक्षाकोठाको अन्तिम बेन्चमा भेटिन सक्छ ।

१७. यदि तिमि सूर्य जस्तै चम्कन चाहन्छौं भने पहिले सूर्य जस्तै जल्न सिक्नुपर्दछ ।

१८. दक्षता भनेको निरन्तरको प्रक्रिया हो यो एकैपटक हुने कुरा होइन ।

१९. सफलता त्यो हो जब तिम्रो ‘सिग्नेचर’ ‘अटोग्राफ’ मा बदलिनेछ ।

२०. हाम्रो आत्मसमन आफ्नो आत्मा निर्भरताबाट आउने गर्दछ ।

२१. मैले जुन चिज बदल्न सक्दिन म त्यो चिजलाई स्वीकार्न तयार छु ।

२२. यदि हामी स्वतन्त्र छैनौ भने कसैले पनि हाम्रो आदर गर्दैन ।

२३. कठिनाइको आवश्यकता पर्दछ किनकि सफलताको आनन्द लिनको निम्ति यो आवश्यकता पर्दछ ।

२४. हामीले हार मान्ने होइन बरु हामीले हाम्रो समस्याहरुलाई हराउनु पर्दछ ।

२५. भगवानले उसैको मद्दत गर्दछन जसले कडा मेहेनत गर्दछ ।

२६. जहाँ हृदयमा सच्चाई हुन्छ त्यो घरमा सामन्जस्यता हुन्छ; जुन घरमा सामन्जस्यता हुन्छ तब देशमा एक ववस्था बन्छ र जब देशमा व्यवस्था बन्छ तब विश्वमा शान्ति कायम रहन्छ ।

२७. मेरा लागि मात्र दुई किसिमका व्यक्ति छन्, जवान वा अनुभवी ।

२८. बच्चा अरुभन्दा फरक देखिनको लागि संघर्ष गर्दछ जबकी अरु बाकी समाज जस्तै देखियोस भनेर लागि पर्दछन ।

२९. चार चिज ध्यानमा राख्नु आवश्यक छ; एक महान लक्ष्य लिनु पर्छ, ज्ञान हासिल गर्नु पर्छ, कडा मेहेनत गर्नु पर्छ अनि दृढ रहनु पर्दछ तब कुनै पनि चिज हासिल गर्न सकिन्छ ।

३०. रिस उठ्दा कराउनको लागि तागत चाहिदैन तर रिस उठ्दा मौन रहनको लागि धेरै तागत चाहिन्छ ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !