प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

१४ शक्तिशाली भनाइहरु

१. कमजोर मानिसले बदला लिन्छ, बलियो मानिसले माफी दिन्छ, बुद्धिमान मानिसले भुलिदिन्छ । – अल्बर्ट आइन्स्टाइन

२. जिन्दगि छोटो छ यसैले नियममा बाधिएर नबस । माफ गर्न समय नलगाउ, न्यानो अंकमाल गर । साचो प्रेम गर । खुलेर हास अनि जसले तिम्रो मुस्कान छिनेर लान्छ त्यसप्रति कुनै पछुतो नगर । – मार्क ट्वेन

३. घृणाले भरिएको यो संसारमा आशाले भर्ने हिम्मत गर । रिसाले भरिएको संसारमा आनन्दले भर्ने हिम्मत गर । निराशाले भरिएको यो संसारमा सपना देख्ने हिम्मत गर । अनि अविश्वासले भरिएको यो संसारमा हामीले अझै पनि विश्वासले भर्ने हिम्मत गर्नुपर्दछ । – माइकल ज्याक्सन

४. दया त्यो भाषा हो जुन बहिरोले पनि सुन्न सक्छ अनि अन्धोले पनि देख्न सक्छ । – मार्क ट्वेन

५. तिम्रा सत्रू छन् ? धेरै राम्रो ! किनकि कमसेकम तिमी केही कुराको निम्ति केहीसमय तिमीले आफ्नो जीवनमा उभिन सकेका त रहेछौ । – विन्स्टन चर्चिल

६. सुरुवात गर्नको निम्ति तिमि महान हुनु जरुरी छैन तर महान हुनको निम्ति सुरुवात भने जरुर गर्नुपर्ने हुन्छ । – जिग जिग्लर

७. जब एक पटक आफ्ना नकारात्मक सोचाइहरुलाई सकारात्मक सोचाइहरुले प्रतिस्थापन गर्न सुरु गर्छौं तब सकारात्मक परिणामहरु देखा पर्न सुरु गर्नेछन । – विलि नेल्सन

८. जुन समय तिमीले आनन्दमा बिताएका छौ त्यो समय खेर गएको समय होइन । – जोन लेनोन

९. आस्था भनेको तिमीले जे चाहन्छौ तो भगवानले गरिदिन्छ भन्ने होइन बरु जे सहि हो त्यो भगवानले गर्नेछन भन्ने चिज हो आस्था । – म्याक्स लुकाड़ो

१०. म मेरा परिस्थितिहरुको उत्पादन होइन बरु म मेरा कठोर निर्णयहरुको उत्पादन हु । – स्टिफन कोवे

११. तिम्ले सबै फूलहरुलाई काटेर फ्याक्न सक्छौ तर पनि तिमीले वसन्त ऋतुलाई आउँनबाट रोक्न सक्दैनौ । – पाब्लो नेरुदा

१२. सफलताको निम्ति तिम्रो असफलताको डर भन्दा विजयको उत्कट चाहना बढी हुनुपर्दछ । – विल कोस्वे

१३. हामीमध्य धेरै हाम्रो सपना मुताविक बाचेका छैनौ किनकि हामी हामी डरै डरमा बाचेका छौ । –  लेस ब्राउन

१४. आजसम्म दिएर कोही गरिब भएको छैन । – एन्नी फ्र्यांक

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!