प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

जग्गी वासुदेव ‘सदगुरु’ का १४ अनमोल वचनहरु

१४. निराशा, हतोत्साहन अनि उदासीनताको अर्थ आफ्नै विरुद्ध काम गर्नु हो ।

१३. राम्रो घर हुनु, मिठा भोजन गर्नु, सुकिला कपडा लगाउनु आदिको अर्थ राम्रोसँग रहनु हो तर यो नै जीवनको लक्ष्य होइन । तिम्रो जीवनको गुणस्तर त कति शान्तपूर्ण र आनदपूर्वक बाचिरहेका छौ सो मा भर पर्दछ ।

१२. तिमि खुसी नहुनुको एउटा कारण हो- तिमि खुसी हुन खोजिरहेका छौ ।

११. जिन्दगिमा आश्चर्यजनक काम भइदियोस भनेर कुरेर नबस, किनकि स्वयम जिन्दगीनै ठूलो आश्चर्य हो ।

१०. मानव जीवन भनेको एउटा बिउ जस्तो हो । या त तिमीले यसलाई यसै राख्न सक्छौ या यसलाई रोपेर ठूलो बनाएर एउटा वृक्षको रुप दिन सक्छौ जहा फल फूल लाद्गछ ।

९. आफू भित्र एउटा दिशा मात्र होइन यो त पुरै एक आयाम हो ।

८. जब तिमि निरन्तर साधारण बन्न खोजिरहन्छौ भने तिमि असाधारण बन्न पुग्दछौ ।

७. तिम्रो योग्यताले होइन बल्कि तिम्रो अनुभवले तिमि को हौ त्यो निर्धारण गर्दछ ।

६. जिम्मेवारीको अर्थ हुन्छ, जीवनमा आउने कुनैपनि स्थितिको सामना गर्न तयार रहनु ।

५. यदि तिमि परिवर्तनको विरोध गर्दछौ भने बुझ तिमीले आफ्नै जीवनको विरोध गरिरहेका छौ ।

४. जब दर्द, दुख या रिस उठ्दछ त्यो बखत आफू भित्र हेर्नु आफ्नो ओरिपरी होइन ।

३. जबसम्म तिमीले आफ्नो जीवनको लक्ष्य पाउनको निम्ति हतार गर्दैनौ तबसम्म जे नजिक हुन सक्थ्यो त्यो झन टाढा भएर जानेछ ।

२. ‘म तिमिलाई बदल्न चाहन्छु’ भन्नु क्रान्ति होइन; ‘म बदलिन चाहन्छु’ यो क्रान्ति हो ।

१. यदी तपाई सफलता चाहनुहुन्छ भने सफलतालाई खोज्न बन्द गर्नुस्; क्षमता, सशक्तीकरणलाई खोज्न तर्फ लाग्नुहोस र आफ्नो उच्चतम क्षमता भन्दा तल्लो स्तरको कुनै काम गर्न बन्द गर्नुहोस् ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !