प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

ओशो रजनीशका १४ अनमोल वाणीहरु [प्रथम]

१. आफैले आफैलाई चिन होइन भने जसले आफैलाई चिन्न सकेका छैनन् उनीहरुको धारणामा आश्रित हुनुपर्नेछ ।

२. असली सवाल यो हो कि भित्र तिमि को हौ ? यदि तिम्रो भित्र गलत छ भने तिमि जे गरनेछौ गलत प्राप्त हुनेछ तर यदी तिमि भित्रै देखि सही छौ भने तिमि जे गर सहि प्राप्ति हुनेछ ।

३. कोहीपनि उचो छैनन्, कोहीपनि निच छैनन् । र कोहीपनि बराबर पनि छैनन । संसारका सबै आफैमा अद्धितीय छन्, अतुलनीय छन् । तिमि तिमि हौ, म म हू ।

एकान्त अर्थात एकको पनि अन्त ।

४. तिम्रो जन्म संयोग होइन । यो संसारमा तिम्रो आवश्यकता छ । तिमिविना यो संसारको सृष्टिमा केही नपुगेको झैँ हुनेछ र तिम्रो यो स्थानलाई कसैले भर्न पनि सक्दैन ।

५. यदि तिमीलाई फूल मन पर्दछ भने यसलाई चटक्क नटिप । जब तिमीले यसलाई तिप्दछौ तब यो मर्न पुग्दछ र तिमीले जसलाई माया गर्दछौ त्यो त्यहि समाप्त हुन्छ । यसैले यदी तिमीलाई फूल मन पर्दछ भने, यसलाई फूल्न देउ । प्रेम भनेको आफ्नो बनाउनु होइन बरु त्यसलाई बुझ्नु हो, महत्व दिनु हो ।

६. अहिलेको वर्तमान मात्र वास्तविकता हो, बाकि सबै सबै या त स्मृति हुन या कल्पना ।

७. मुर्खहरु दोस्रो व्यक्तिमाथी हस्दछ भने विद्वान आफै माथि हास्दछ ।

८. आफ्नो सफाई दिन वा अरुलाई स्पष्ट पर्नमा समय खेर नफाल किनकि मानिसहरु त्यहिमात्र सुन्दछन जे उनीहरु सुन्न चाहन्छन ।

९. मानिसहरु भन्दछन्, जीवन व्यर्थ छ तर यो भन्दैनन् कि हाम्रो जिउने तरिका व्यर्थ छ र तिम्रा साधु-सन्त पनि यहि सिकाउछन कि जीवन व्यर्थ छ ।

१०. तिम्रो जिन्दगिमा महत्व राख्ने एक मात्र कुरा भनेको तिमि स्वयंप्रतिको तिम्रो सोचाई हो ।

११. जुन पल तिमीले आफैलाई स्वीकार्न सुरु गर्दछौ त्यहि पल देखि तिमि अति सुन्दर देखिन थाल्दछौ ।

१२. ठक्कर खाएर पनि सम्हालिन सक्दैनौ भने त के र; होइन भने ढुंगाले आफ्नो दायित्व निभाएको थियो ।

१३. जो सँग जति कम ज्ञान हुन्छ उ उति नै आफूले जानेको कुरामा हठ गर्दछ ।

१४. भिडबाट बाहिर निस्क । सिंह जस्तै एक्लै उभिने सहस गर । आफ्नो जिन्दगि आफ्नै उज्यालोमा हिड्ने हिम्मत गर ।

नोट: माथीका भनाइहरु सफलता पोष्टद्वारा विभिन्न स्रोतहरु मार्फत भावानुवाद गरिएको हो । हाम्रा यी सामाग्रीहरु हुबहु कपि गर्न सख्त मनाही छ तर शैक्षिक प्रयोजनले यी भित्रका भनाइहरु प्रयोग गर्न सकिनेछ । यदि हुबहु कपि गरिएको पाइएमा ‘copyright infringement report’ गर्न बाध्य भइनेछ । 

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!