प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

नेपाली प्रख्यात व्यक्तिका लोकप्रिय भनाइहरु

१ जो मानिसलाई देवता देख्छ, त्यो मानिस स्वयं देवता हुन्छ । – बालकृष्ण सम

२. मानिसलाई बाँच्नका निम्ती एक चिम्टी बल, आधार र प्रेम चाहिन्छ । – भानुभक्त आचार्य

३. भूल गर्नु पनि ज्ञान प्राप्त गर्नु हो । – शुक्रराज शास्त्री

४. नेपाली वित्त सानो होला तर नेपाली चित्त सानो छैन । – भवानी भक्षु

५. मान्छे स्वतन्त्र नभई उसको व्यक्तित्व फस्टाउन सक्दैन । – यदुनाथ खनाल

६. दुःखको गोरेटोमा जीवनलाई बोकेर हिड्नुपर्छ । – पारिजात

७. त्यही मानिस धार्मिक हो जसले आरूका निम्ती त्याग गर्न सक्छ । – गौतम बुद्ध

८. मानिस ठूलो दिलले हुन्छ जातले हुदैन । – लक्ष्मिप्रशाद देवकोटा

९. कल्पना नै एउटा योजना हो । – महेन्द्र शाह

१०. ज्ञान मर्दछ हासेर रोई विज्ञान मर्दछ । – बालकृष्ण सम

असम्भव भन्नु बास्तवमा हाम्रो भ्रम मात्र हो । – यात्री केशर

११. सहनु तर नबिर्सनु । – लक्ष्मण न्यौपाने

१२. असल शिक्षा त्यो हो जसले प्रश्न गर्न सिकाउँछ । खराव शिक्षा त्यो हो जसले उत्तर रट्न सिकाउँछ । – बुद्धिसागर

१३. मानव मनको सबैभन्दा ठूलो समस्या के हो भनेर सोध्नेलाई म भन्छु, बोली र व्यवहारमा फरक । – जगदीश घिमिरे

१४. भिन्नैखाले राजनेता नभएसम्म भिन्नैखाले राजनीतिको संभावना छैन । – डा. योगी विकासानन्द

१५. हामीलाई देशको स्वतन्त्रता र सार्वभौमता आफ्नो जीउभन्दा पनि प्यारो छ । – महेन्द्र शाह

१६. प्रजा मोटा भए दरबार बलियो हुन्छ । – – पृथ्वी नारायण शाह

प्रतिक्रिया

Leave a Reply to Lekh Nath Sharma Cancel reply

error: Alert: This content is copyright protected. DO NOT COPY!!!