प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

बुद्धिसगरका केही उत्कृष्ट भनाइहरु

नेपाली युवा माझ लोकप्रिय व्यक्तित्व, कर्णाली ब्लुज, फिरफिरे जस्ता लोकप्रिय कृतिका सर्जक, नेपाली साहित्यमा एक चर्चित नाम बुद्धिसगरका केही चयनित भनाइहरु:

१. असल शिक्षा त्यो हो जसले प्रश्न गर्न सिकाउँछ । खराव शिक्षा त्यो हो जसले उत्तर रट्न सिकाउँछ ।

२. अरुले आफ्ना बारेमा के सोच्छन्, त्यो महत्वपूर्ण होइन । आफूले ‘आफ्ना’ बारेमा के सोचिन्छ, त्यो महत्वपूर्ण हो ।

३. एसएमएस जस्तो स्वाट्ट आउने र फ्याट्ट जाने कुरा नगर । कुरा गर त, चिठीजस्तो । ढिला आउने, पढिरहूँ लाग्ने ।

४. त्यो नै असल मानिस हो, जसले हरेक बिहान ऐना हेर्दा, प्रतिबिम्बमा आउने मानिसप्रति गर्व गर्न सक्छ ।

५. अहिलेका पीडाहरुनै पछि गएर जीवनका अमूल्य सम्पति हुनेछन् ।

६. बाटो ओरालो लागेर पातालै पुगेपनि एक न एकदिन उकालो लाग्छ । त्यसैले हिँड्न छाड्नु हुँदैन ।

७. सबैभन्दा ठूलो बरदान– काम गरिगरि कामले नै थाक्नु । सबैभन्दा ठूलो श्राप– आराम गरिगरि आरामले नै थाक्नु ।

८. शिशिरमा झरेको अन्तिम पातले बसन्तमा फूलहरुको लस्कर लिएर आउँछ । आँसु त्यतिकै खसेको होइन …

९. फूलको काम फुल्ने हो, फुलिरहन्छ । मेरो बासनाको ‘मूल्याँकन’ भएन भनेर कचकच गर्देन।

१०. एकपल्ट आफूले दिएका आँसु पुछि दिएर त हेर, फेरि अरुलाई रुवाउन मन मान्दैन ।

११. जिउँनलाई धेरै केही चाहिदैन ! अलिकति सास, अलिकति आश, अलिकति आत्मबिश्वास । र, अलिकति प्रयास ।

१२. स—साना कुरामा पनि खितिखिति हाँस्नू, बाल्यकाल !
आँफुले हाँसेको अरुले पनि सुनून् भनेर जोड़जोड़ले हाँस्नू, युवाकाल !
हिँड्दै गर्दा बाटोमा केही सम्झेर एक्लै- एक्लै मुसुमुसु हाँस्दै हिँडिरहनू, बुढेशकाल ।

१३. अलिकति निहुरेर पस्नू हृदयमा । दैलोमा धेरैको टाउको ठोक्केको छ ।

१४. जो बढी आत्मिय हुन्छ, उसैको सानो कुराले पनि चित्त बेस्मारी दुख्छ । किनकी जति सानो होस् — नङमा लागेको चोट सबैभन्दा बढी दुख्छ ।

१५. सियोको डर त बेलुनझैँ अर्काको हावामा फुल्नेहरुलाई हो। हामी त सियोको टुप्पोले पाइतालामा अल्झेका खिल निकाल्छौँ !

१६. समुद्रले भन्यो- ‘म भित्र तिमीजस्ता अरबौ थोपाहरु छन् ।’, आशुले भन्यो ‘मेरा हरेक थोपा भित्र अरबौ समुद्रहरु छन् !’

स्रोत : बुद्धिसागरजीको फेसवुक पेज/प्रोफाइल

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !