प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

चार्ली च्याप्लिनका बाच्न र हास्न सिकाउने १४ उत्कृष्ट भनाइहरु

१. वास्तविक रुपमा हास्नको निम्ति तिमीले आफ्नो पिडालाई लिएर त्यो सँग खेल्न सक्नुपर्दछ ।

२. मेरो पिडा अरु कसैको लागि हासोको कारण हुन सक्दछ । तर मेरो हासो अरु कसैको पिडाको कारण भने कहिल्यै नहोस् ।

३. हामीले धेरै सोच्ने गर्दछौ तर निकै कम मात्र अनुभूत गर्दछौ ।

४. जब तिमि दुखी हुन्छौ जिन्दगि तिमि उपर हास्दछ; जब तिमि खुसी हुन्छौ तब जिन्दगि तिमि उपर मुस्कुराउदछ; र जब तिमीले अरुलाई खुसी बनाउन सहयोग गर्दछौ तब जिन्दगीले तिमीलाई स्यालुट गर्दछ ।

५. जब तिमि मुस्कुराउदछौ, तब तिमीलाई महसुस हुनेछ कि जिन्दगिको औचित्य अझै बाकि छ ।

६. विना हासोमा विताएको दिन खेर गएको दिन हो ।

७. चलाखिपन भन्दा बढी हामीलाई दयालुपन र भद्रता आवश्यक पर्दछ ।

८. ऐना मेरो सबैभन्दा नजिकको मित्र हो किनकि म रुदा यो कहिल्यै हास्ने गर्दैन ।

९. पहिले तिमीले आफै प्रति विश्वास राख्नु पर्दछ । यही नै रहस्य हो ।

१०. सरलता सरल कुरा होइन ।

११. मैले यो थाहा पाए कि कुनै पनि कुरा हासिल गर्नको निम्ति उत्कट चाहना छ भने सो प्राप्तिको निम्ति उपाय स्वत आउने गर्दछ ।

१२. हामीसबै एक अर्कालाई सहयोग गर्न चाहन्छौं । मानव त्यस्तै हुन्छ । हामी एकअर्काको खुसीमा बाच्न चाहन्छौं, एक अर्काको दुखमा होइन।

१३. मलाई वर्षतमा हिड्न मन पर्छ किनकि त्यतिबेला म रोएको कसैले देख्न सक्दैनन् ।

१४. भोली चराहरुले गाउँन सुरु गर्नेछन, यसैले बहादुर बन, जिन्दगिको सामना गर्न सक ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!