प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

राजनीतिक चेतना जगाउने जर्ज अर्वेलका यी १४ भनाइहरु

१. समाज सत्य देखि जति टाढा जान्छ उति नै बढी यसले सत्य बोल्ने मानिसहरुलाई घृणा गर्न सुरु गर्दछ ।

२. हरेक तानाशाहीहरु जालसाजी र दमनको माध्यमद्वारा शासन गर्ने गर्दछन, तर जब उनिहरुको जालसाजी पर्दाफास हुन्छ तब उनीहरु पुरै दमनमा मात्र टिक्ने गर्दछन ।

३. मानिसहरुलाई नष्ट गर्ने सबैभन्दा प्रभावकारी उपाय भनेको उनीहरुको इतिहासको आफ्नै बुझाइलाई इन्कार गर्नु र नष्ट गर्नु हो ।

४. विगतलाई मेटाईयो, जसले मेटायो उसलाई विर्सीयो, झुट अब सत्य बनेको छ ।

५. विश्वव्यापी झुटको समयमा सत्य बोल्नु पनि एउटा क्रान्तिकारी कार्य हो ।

६. जति नै तिमीले सत्यलाई अस्विकार गर, सत्य भने अस्तित्वमा रहिरहन्छ ।

७. मेरो अभिव्यक्ति स्वतन्त्रताको अधिकार भनेको तिमीले जे सुन्न चाहन्नौ त्यो भन्न पाउनु हो ।

८. हाम्रो यो समयमा ‘राजिनिती भन्दा बाहिर रहने’  भन्ने कुनै चिज हुदैन । हरेक विषयहरु राजनितिक विषय हुन्, र राजनीति आफैमा झुट, कपट, मुर्खता, घृणा अनि पागलपनको थुप्रो हो ।

९. कुनै विचारहरु यति मूर्खतापूर्ण हुन्छ कि जसलाई विद्वानहरुले मात्र विश्वास गर्दछन ।

१०. जब मानिसहरुले जीवनको उदेश्य नै खुसी हो भन्ने कुरा महसुस गर्दैनन् त्यतिबेला मात्र उनिहरु खुसी हुन्छन ।

११. उपहासको उद्देश्य भनेको मानिस जतिलाई निच देखाउने होइन बरु उनीहरु पहिल्यै निच छन् भनेर सम्झाउने मात्र हो ।

१२. जसले विगतलाई नियन्त्रण गर्न सक्छ उसले वर्तमानलाई नियन्त्रण गर्दछ । जसले वर्तमानलाई नियन्त्रण गर्दछ उसले विगतलाई नियन्त्रण गर्दछ ।

१३. पिडाको समयमा त्यहाँ कुनै हिरो भन्ने हुदैन ।

१४. यदि कुनै कुरा गोप्य राख्न चाहन्छौं भने त्यो कुरालाई आफूबाट पनि लुकाएर राख ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !