प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

लियोनार्दो डा भिन्सीका १४ प्रेरक भनाइहरु

इटालीको आन्सियानोमा जन्मिएका लियोनार्दो दा भिन्सी पुनर्जागरण कालिन समयका एक धरोहर थिए । उनले आविष्कार, चित्रकला, मूर्तिकला, वास्तुकला, विज्ञान, संगीत, गणित, इन्जिनियरीङ्ग, साहित्य, शरीर विज्ञान, भूविज्ञान, खगोलविज्ञान, जीवविज्ञान लगाएतका क्षेत्रमा अमूल्य योगदान प्रदान गरिएका थिए । भनिन्छ उनिद्वारा लिखित नोटबुक यदि शताब्दि अघि भेटिन्थ्यो भने विज्ञानको विकासमा आज विश्व एक शताब्दी अघि फड्को मारिसकेको हुनेथियो । उनको जन्म अप्रील १५, १४५२ र मृत्यु मे २, १५१९ मा भएको थियो । उनको मोनासिला आजसम्मकै  चर्चित र महँगो चित्रकला हो । यहाँ हामीले उनका केही लोकप्रिय भनाइहरु प्रस्तुत गर्न गइरहेका छौ;

१. जिन्दगी निकै सरल छ: तिमीले केही चिज गर्छौं, त्यसमा धेरै असफल हुन्छ अनि केही मात्र सफल । र जुन सफल हुन्छ त्यसमा तिमीले थप कार्य गर्नेछौ ।

२. सिकाइ मात्र यस्तो चिज हो जसको निम्ति हाम्रो मस्तिष्क कहिल्यै थाक्दैन, कहिल्यै डराउदैन र कहिल्यै पश्चताप पनि गर्दैन ।

३. साधारणता नै सर्वोत्तम विशेषज्ञता हो ।

प्रयोगहिन हुदा फलाममा खिया लाग्दछ, एकै ठाउमा जमेर बस्यो भने पानि फोहोर हुन्छ, उसैगरी काम नगरी बास्नाले हाम्रो मस्तिष्कको उर्जा हराएरजान्छ ।

४. तिन प्रकारका मानिसहरु हुन्छन्; पहिलो जसले देख्छन, दोस्रो जसले तब मात्र देख्छन जब देखाइन्छ र तेस्रो जसले देख्दै देख्दैनन ।

५. मानिसले सबैभन्दा ठूलो ठगीएर दुख भोग्ने भनेको आफ्नै विचारद्वारा हो ।

६. ऐना जस्तै बन्नु, वरिपरिका सबैथोकलाई ग्रहण गर्न सक्दछौ र फेरी पनि आफू जे हो त्यही रहन सक्दछौ ।

७. तिमीले जे देख्यौ त्योसमा विश्वास गर्नु मात्र पर्याप्त हुदैन । तिमीले जे देख्यौ त्यसलाई बुझ पनि सक्नुपर्दछ ।

८. अरुले दिने सुझावभन्दा आफ्नै अनुभव नै वास्तविक शिक्षक हो ।

९. तिम्रो मस्तिष्क तिमीले सोचेभन्दा पनि उत्कृष्ट छ, यसैले यसको प्रयोग गर ।

१०. सवै वास्तविक ज्ञानको स्रोत प्रकृति हो । उनीसंग आफ्नै तर्क छ, आफ्नै नियम छ, उनीसंग कुनै कारणविनाको असर छैन न त आवश्यकता विनाको आविष्कार ।

११. गरिव ति हुन जसले धेरै थोकको चाहना राख्दछन ।

१२. कलाको कहिल्यै अन्त्य हुदैन, वस् हामीले विचैमा छोड्ने मात्र हो ।

१३. सबैभन्दा उत्कृष्ट आनन्द भनेको जान्नु/बुझ्नुको आनन्द हो ।

१४. प्रयोगहिन हुदा फलाममा खिया लाग्दछ, एकै ठाउमा जमेर बस्यो भने पानि फोहोर हुन्छ, उसैगरी काम नगरी बास्नाले हाम्रो मस्तिष्कको उर्जा हराएरजान्छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!