प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

डा. सिअसका १४ प्रेरक भनाइहरु

१. जब तिमि उपर कुनै नराम्रो घटना घट्दछ तब तिमिसामु तिन विकल्पहरु रहन्छन, या त्यो घटनाले तिमीलाई परिभाषित हुन दिनु, या त यो घटनाले तिमीलाई नष्ट गर्न दिनु, वा यो घटनाले तिमीलाई थप मजबुत बनाउन दिनु ।

२. नम्वर एक बन्नको लागि तिमि विजोड (एक्लो) हुनु पर्दछ ।

३. जब तिमि फैलन जन्मेका हौ भने किन सिमित भएर मात्र बस्ने ?

४. नरोउ किनकि यो सकियो, बरु मुस्कुराउ किनकी यो भएको छ ।

५. जब तिमि सुत्न सक्दैनौ तब तिमीलाई थाहा भएको हुनेछ कि ती प्रेममा छौ; किनकि त्यतिबेला तिम्रो वास्तविकता तिम्रो सपना भन्दा मिठो हुन्छ ।

६. जति धेरै तिमि पढ्छौ उति नै तिमिले धेरै कुरा जान्दछौ । जति धेरै कुरा सिक्दछौ उति नै धेरै स्थानमा तिमि पुग्दछौ ।

७. हार नमान, म तिमीलाई पुरा विश्वास गर्दछु । चाहे सानो होस् वा ठूलो एउटा मानिस, मानिस हो ।

८. संसारको लागि तिमि वस एउटा मानिस हुन सक्छौ तर कसै एउटाको लागि पुरै संसार ।

९. तिम्रो शिर भित्र मस्तिष्क छ, अनि तिम्रो जुत्ता भित्र तिम्रा खुट्टा छन् । तिमीले आफूले चाहेको कुनै पनि दिशा तर्फ आफूलाई मोड्न सक्छौ ।

१०. कहिलेकाही तिमीले कुनै कुराको मूल्य तबसम्म थाहा पाउदैनौ जबसम्म त्यो कुरा यादमा मात्र बाकी रहन्छ ।

११. कहिलेकाही प्रश्नहरु निकै जटिल लाग्छन तर तिनका उत्तर भने निकै सरल हुन्छन ।

१२. वस्, तिमीले मात्र तिम्रो भविष्यलाई नियन्त्रण गर्न सक्दछौ ।

१३. जब अवसर प्राप्त गर्दछौं भने त्यसलाई प्रयोग गर । यो सरल नहोला तर यो लाएकको भने हुनेछ ।

१४. कहिलेकाही रोकिएर आफ्नो ओरिपरी हेर्ने गर, जीवन निकै सुन्दर छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!