यथार्थ लाइनहरु

भाग्यको साथ छैन भने बुझ्नु मेहनतको कमी छ [यथार्थ लाइनहरु – संग्रह सात]

१. ति मानिसहरुसँग बहस गर्नु नै बेकार हो जो आफ्नो झूट मा नै विश्वास गर्दछन ।

२. सबै कुरा गुमाएर पनि यदि तपाईसँग हौसला छ भने सम्झिनुहोस तपाईंले केही गुमाउनु भएको छैन ।

३. अक्सर महान बन्ने चाहनामा मान्छेहरु मानव बन्न नै बिर्सन्छन ।

४. समय बदलिन धेरै समय लाग्दैन, त्यसैले कहिल्यै पनि हद भन्दा धेरै नाफुर्कनुहोस र आफ्नालाई कहिल्यै नभुल्नुहोस ।

५. नराम्रो गर्ने विचार आउँछ भने भोलीलाई टाल्नुहोस, राम्रो गर्ने विचार आउँछ भने आजै गर्नुहोस ।

६. आजकल मानिस दिलबाट दिइएको इज्जतले खुशी हुँदैनन तर देखावटी चाप्लुसी गर्नेवाला सँग गर्व महसुस गर्दछन ।

७. यदि तपाईं सधै रिसाउनुहुन्छ वा गुनासो गर्नुहुन्छ भने मानिसहरुसँग तपाईंको लागि समय हुने छैन ।

८. त्यस व्यक्तीको दिल कहिल्यै नदुखाउनु , जो सँग भगवान बाहेक अरू कोहि सहारा छैन ।

९. जो एकान्तमा एक्लै रुन्छन, उनका आँशु उनको तागत बन्दै जान्छन ।

१०. यदि तपाइको जीवनमा कुनै दुख छ भने एउटा कुरा याद राख्नु, राम्रो जीवन पाउन को लागि खराब दिनहरु सँग लड्नु पर्दछ ।

११. यदि भाग्यले साथ दिइरहेको छैन भने सम्झिनु कि मेहनतको कमी छ ।

१२. आजको समयमा बिना करियर बनाएरै जो मानिस बिहे गर्नको लागि उत्ताउलो हुन्छन, उनै मान्छे पछि पछुताउछन ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !