यथार्थ लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन एकासी

१. जो मानिस आफ्नो जिन्दगीमा आफूभन्दा धेरै अरुको ख्याल गर्छ अक्सर उसको ख्याल गर्नेवाला कोहि हुदैन ।

२. झुठो नबोल, झुठो बोलेर जे चिज जितिन्छ त्यो क्षणिक हुन्छ ।

३. कोहि कोरोनाले मर्ने भए कोहि भोकले जो बाच्छ उ रिनले मर्ने भए ।

४. आफै धोका दिएर अरुलाइ धोकेवाज भन्ने धेरैछन यो दुनियाँमा ।

५. आफ्नो चोटको शरीरलाई आफै मलम लगाउ जबसम्म सास चल्छ साहारा कसैले दिदैन ।

६. गोजीमा पैसा नभएको पुरुष लाई दुनियाँको सबै महिलाले हेप्छ्न ।

७. हरेक रात निदाउनु भन्दा पहिले सबैलाइ माफ गरिदिनुहोस र हलुका मन लिएर निदाउनुहोस ।

८. समय चाहे जतिनै वदलियोस तर आमाको माया कहिल्यै वदलिदैन ।

९. जति उमेर बढदै गयो त्यति नै धेरै महसुस भयो कि संसारमा आमा भन्दा असल मित्र अरु हुदैन रैछ।

१०. यादहरु याद नै रहुन आदत नबनुन बहुत खतरनाक हुन्छन ।

११. जिन्दगीमा सबैभन्दा पीडा दिल टुटेर भन्दा विश्वास टुटेर हुन्छ ।

१२. दुनियाँलाई हसाउने चक्करमा खै आफ्नो खुशी कहाँ हराएछ ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !