यथार्थ लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन असी

१. जिन्दगीमा दिल टुटेर भन्दा विश्वास टुटेर धेरै पीडा दिन्छ ।

२. जिन्दगीमा तुफान नोक्सान गर्न मात्रै आउदैन केही तुफानहरु आएर बाटो साफ हुन्छ ।

३. चाहे घर होस या अस्पताल बेड को अभाव त गरिबलाइ नै हुदो रहेछ ।

४. छाया जस्तै हुन्छन आफन्तहरु फरक यति हो कि छाया अध्यारोमा हराउछ अनि आफन्त अफठ्यारोमा ।

५. समस्या तब मात्र समस्या हो जब तिमिले त्यसलाई समस्याको रुपमा हेर्छौ ।

६. कसैले वेइज्जत गर्छ भने त्यसको जबाफ इज्जतले दिनुहोस्, ताकी समय आएपछि उसको शिर झुकोस ।

७. सरकारी अस्पताल जानुस ज्यान घर आउदैन निजि अस्पताल जानुस आउदा घर हुदैन ।

८. च्यातिएको छाता र दुखमा काम नलाग्ने नाताको कुनै काम छैन ।

९. यदि कसैमाथी भरोसा छैन भने उसंग व्यवहार नै नगरौ ।

१०. सुख चाहनेले सधै आफुलाई सन्तुष्ट राख्नु पर्दछ किनकी सन्तोष सबभन्दा ठूलो सुख हो ।

११. जिवनमा भेटिने मान्छेहरु बादल जस्तै हुन कोहि आएर शितलता छर्छन त कोहि गएर उज्यालो ।

१२. परिवार भनेको सधै रगतको नाता हुदैन तपाईंलाई गाह्रो भएको बेला जसले साथ दिन्छ उ पनि परिवार नै हो ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !