प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

मलाला युसुफ्जाईका १४ उर्जाशील भनाइहरु

जब मलाला संसारभर प्रख्यात हुन पुनिग त्यो बखत उनको उमेर मात्र १९ बर्षको मात्र थियो, उनले शिक्षाको क्षेत्रमा गरेको वकालत विश्वले प्रशंशा गरेको थियो । उनि सानै उमेरदेखि एक अभियन्ता थिइन जहाँ उनले विविसीको उर्दु भाषामा शिक्षा सम्बन्धि ब्लग लेख्ने गर्दथीन । उनले आफ्नो देश पाकिस्तानमा तालिबानले लगाएको  महिलाहरुको शिक्षा माथिको प्रतिबन्ध पर लेखेकी थिइन् । उनि १७ वर्षकै उमेरमा कम उमेरमा नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्ति बनेकी थिइन्, साथै TIME को अति प्रभावशाली व्यक्तिको सूचीमा लगातार ३ वर्षसम्म परिन । आउनुहोस्, उनै बहादुर मललाको उत्प्रेरेक भनाइहरु पढौ;

१. यो कुरा ख्याल राख्नुहोला; एउटा किताब, एउटा कलम, एक विद्यार्थी र एक शिक्षकले संसार बदल्न सक्दछन् ।

२. यदि एउटा व्यक्तिले सबैथोक बर्वाद गर्न सक्दछ भने कसरी एउटी केटिले यो बदल्न नसक्ने ?

३. जब हामीलाई चुप गराइन्छ तब मात्र हामी हाम्रो आवाजको महत्व बुझ्ने गर्दछौं ।

४. मैले मेरो कथा सुनाउछु, यो कारणले होइन कि मेरो कथा अरु भन्दा फरक छ बरु यो कारणले हो कि मेरो र सारा अन्य बालिकाहरुको कथा उस्तै रहेको छ ।

५. जब सारा संसार चुप रहन्छ तब एउटा मात्र आवाज पनि शक्तिशाली बन्दछ ।

६. दयालाई दयाले नै मुल्य तिरिन्छ यसलाई ‘धन्यवाद’ भन्ने र विर्सिने गर्नु हुदैन ।

७. हाम्रा पुरुषहरु सोच्दछन कि उनीहरु पैसा कमाउनु र अरुलाई आदेश दिनुमा शक्ति छ तर उनीहरुले यो सोच्दैनन कि शक्ति महिलाहरुको हातमा हुने गर्दछ, जसले घरका सबै कामकाज सम्हाल्ने गर्दछन र सन्तानको जन्म दिने गर्दछन ।

८. बन्दुकले आन्तान्ककारीलाई मार्न सक्छ, शिक्षाले समग्र आतंकवादलाई मार्न सक्दछ ।

९. हामीले हाम्रो शब्दहरुको ताकत र शक्तिलाई बुझ्नुपर्दछ । हाम्रो आवाजले संसारलाई बदल्न सक्दछ ।

१०. ५७ करोड भन्दा बढी बालिकाहरु आइफोन या भिडियोगेम या चकलेट चाहदैनन् उनिहरु किताब र कलम चाहन्छन ।

११. तपाइले आफ्नो खुबी र क्षमतामा विश्वास गर्न सक्नुपर्दछ र कहिल्यै हरेश खानु हुदैन ।

१२. म महला हुनुमा गर्व गर्दछु र मलाई पूरा विश्वास छ, महिलाले संसार बदल्न सक्दाछिन ।

१३. तिमीले अरु विरुद्ध लड्नु पर्दछ तर शान्तिद्वारा, सम्वादद्वारा र शिक्षाद्वारा ।

१४. आनुहोस, अहिले आफ्नो भविष्यको निर्माण गरौ, र आजको सपना भोलीको वास्तविकता बनाऔ ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !