प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

जोन लकका उत्कृष्ट १४ भनाइहरु

जोन लक अंग्रेज दार्शनिक तथा चिकित्सक हुन । उनको जन्म सन् १६३२ मा भएको थियो । उनलाई हालसम्मकै प्रभावशाली इन्लाइन्टमेन्ट चिन्तकका रुपमा चिनिन्छ । उनलाई ‘उदारवादको पिता’ का रुपमा पनि चिनिन्छ । उनै प्रख्यात व्यक्तित्व एव चिन्तक जोन लकका उत्कृष्ट १४ भनाइहरु हामी यहाँ प्रस्तुत गर्दैछौ:

१. जे कुराले तिमीलाई चिन्तित बनाउदछ त्यहि कुराले तिमीलाई दक्ष बनाउदछ ।

२. नयाँ विचारहरुलाई सदैव शंकाले हेरिन्छ र विरोध गरिन्छ, यसको लागि कुनै कारण चाहिदैन किनकि नयाँ विचारहरु सबैको साझा हुदैनन् ।

३. हामीले ग्रहण गर्न सक्ने मध्य सबैभन्दा मूल्यवान चिज भनेको आफू माथिको शक्ति हो ।

४. ठूला मानिसका बहसबाट भन्दा बच्चाको आकस्मिक प्रश्नबाट बारम्बार ज्यादा कुरा सिक्न सकिने हुन्छ ।

५. हाम्रो काम भनेको यहाँ सबैथोकको बारेमा जान्नु होइन बल्कि जुन कुरा हाम्रो कामसँग सम्बन्धित छन त्यसलाई मात्र जान्नु हो ।

६. जुन चिज तिमिसँग छैन त्यो चिजले तिमिसँग भएको चिजको प्रयोग गर्नमा बाधा पर्न नदेउ ।

७. जहाँ जहाँ नियमको अन्त्य हुन्छ, त्यहाँ त्यहाँ अत्याचारको जन्म हुन्छ । जहाँ नियम हुदैन, त्यहाँ स्वतन्त्रता पनि हुदैन ।

८. जसले तिम्रो लागि झुट बोल्छ भने उसले तिम्रो पछाडी तिम्रो विरुद्ध पनि झुट बोल्न सक्दछ ।

९. धन कमाउन हजार बाटोहरु हुन्छन तर स्वर्गसम्म पुग्नको लागि एउटा मात्र बाटो हुन्छ । (सेवाको बाटो)

१०. हाम्रो कमाइ पनि हाम्रा जुत्ता जस्तै हुन्, आवश्यकता भन्दा सानो भयो भने च्याप्दछ र कष्ट दिन्छ, आवश्यकताभन्दा ठूलो भयो भने अझ्लाउने र लडाउने काम गर्दछ ।

११. विद्रोह जनताको अधिकार हो ।

१२. हरेक मानव व्यक्ति समान र स्वतन्त्र छन्, कसैले पनि अरुको जीवन, स्वास्थ्य, स्वतन्त्रता र सम्पतिमा बाधा दखल पुर्याउनु हुदैन ।

१३. मलाई मैले के गर्न सक्दिन भनेर अर्ति नदेउ, बरु कसरी गर्न सक्छु भन्ने सुझाव देउ ।

१४. कुनैपनि मानिसक ज्ञान उसको अनुभव भन्दा पर जान सक्दैन ।

१५. पुस्तकको सहायताले हामी दैत्यको काधमा पनि उभिन सक्दछौ ।

१६. हामी को हो र, जसले अरुलाई तैले गर्न सक्छस वा सक्दैनस् भन्न सक्ने ?

पुनश्थच: थप भनाइहरु पढ्न चाहनुहुन्छ ? उसो हो भने हाम्रो आधिकारीक एप डाउनलोड गर्नुहोस्, सानो साइजको यो उपयोगी एप डाउनलोड गर्नको निम्ति यहाँ क्लिक गर्नुहोस् !

प्रतिक्रियाहरु

Leave a Reply to Dhan Cancel reply

error: Alert: This content is copyright protected. DO NOT COPY!!!