१. एउटा छोरा भाग्यले मिल्ने गर्दछ तर छोरी भने सौभाग्यले मात्र मिल्ने गर्दछ ।
२. छोरी सबैको भाग्यमा कहाँ हुन्छ र, इश्वरले त्यहि घरमा दिन्छ जहाँ भगवानलाई इच्छा लाग्छ ।
३. छोरी हुन इश्वरको उपहार यसैले उनलाई दिनुपर्छ स्वतन्त्र बच्ने अधिकार ।
४. हरेक छोरीको भाग्यमा एउटा बुवा हुन लेखेको हुन्छ तर हरेक बुवाको भाग्यमा छोरी लेखेको नहुन सक्छ ।
५. एक बुवाले लेखेका थिए, ‘मेरो छोरा तबसम्म मेरो हो जबसम्म उसलाई श्रीमती मिल्दैन तर मेरो छोरी तबसम्म मेरी हो जबसम्म मेरो जिन्दगि सकिदैन ।’
संसारको सारा खुसी एक शब्दमा लेख्ने हाम्रो प्रतिष्पर्धा चलेको थियो; उसले पुरै डिक्सनरी खोज्दै रह्यो मैले ‘छोरी’ लेखिदिए ।
६. यो आवश्यक छैन कि दियोले नै उज्यालो छर्ने गर्दछ, यदि घरमा छोरी छिन भने घर उज्यालो हुने गर्दछ ।
७. छोराले बाउको सम्पति बाढ्ने गर्दछन तर छोरीले सधै आफ्नो बाउको दुख बाढ्ने गर्दछन ।
८. छोराले वस्, एउटा घर चलाउने गर्दछन तर छोरीले दुइ-दुइ ओटा घरलाई स्वर्ग बनाउने गर्दछन ।
९. रुप रंग जस्तै होस्, हरेक बाउको लागि आफ्नो छोरी परि समान हुने गर्दछ ।
१०. जसले दाइजोमा पैसा माग्दछ उसलाई भिख दिनु, छोरी होइन ।
११. भगवान सबैतिर हुन सक्दैनन यसैले उनले आमा बनाइदिए । – रुडयार्ड किप्लिंग
१२. छोरी, मैले तिमीलाई तिम्रो जिन्दगि उपहार दिएको होइन बल्कि भगवानले मलाई तिमि उपहार स्वरूप दिएका हुन् ।
१३. एउटी छोरी विस्तारै तिम्रो काखा भन्दा ठूलो हुदै जानेछिन र आफ्नो काखमा राख्न नासकौला तर उनि कहिल्यै पनि तिम्रो हृदयमा नटाउने गरी ठूली हुनेछैनिन ।
१४. संसारको सारा खुसी एक शब्दमा लेख्ने हाम्रो प्रतिष्पर्धा चलेको थियो; उसले पुरै डिक्सनरी खोज्दै रह्यो मैले ‘छोरी’ लेखिदिए ।
१५. छोरी त हुन जीवनको आधार कहिल्यै नसम्झनु उनलाई भार ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !