सफल भनाइ

सधैँ खुशी र सन्तुष्ट रहे तपाईं सधैँ युवा रहनुहुनेछ – सफल भनाइहरु

१. प्रलोभन, महिलाहरुको हथियार हो भने पुरुषहरुको बाहाना। -एच एल मेङ्केन

२. कुनैपनि चिजलाई पाउन आस गर्नुभन्दा अगाडि विचार गर्नुहोस् जोसँग त्यो चिज पहिले देखि छ उ कत्तिको खुशी छ । -फ्रेंकोइस डे ला रोचेफ़ौकौल्ड

३. बितिसकेको जीवनको एकक्षण करोडौं स्वर्ण मुद्रा दिएर पनि पाउन सकिँदैन । अहिलेको क्षणमा नै रमाउन सिक्नुहोस् ।-अज्ञात

४. आजकाल मान्छेलाई बुझ्ने भन्दा पनि बुझाउने मान्छे धेरै हुन थाले, त्यसैले कुराहरुपनि सुल्झिन भन्दा पनि धेरै उल्झिन थालेका हुन्। -अज्ञात

५. यदि हामी केहि कुरा कल्पना गर्न सक्छौं भने त्यसलाई साकार पार्ने कुनै न कुनै तरिका अवश्य हुनसक्छ ।-नेपोलियन हिल

६. यदि अवसरहरु तपाईंको ढोका ढकढकाउन आएन भने आफ्नो लागि मार्ग आफै बनाउनुहोस् ।-मिल्टन बेरले

७. जसले क्षमा गर्न सक्दैन, त्यो व्यक्तिले आफ्नो खुशी आफै ध्वस्त पार्दैछ ।-कन्फ़्यूशियस

८. महान कवि बन्नको लागि महान श्रोता बन्न आवश्यक पर्दछ ।-वाल्ट व्हिट्मेन

९. सधैँ खुशी र सन्तुष्ट रहे तपाईं सधैँ युवा रहनुहुनेछ ।-चार्ल्स डिकिन्स

१०. आफ्नो आलोचना चुपचाप भएर सुन्नुहोस्, जवाफ दिने अधिकार समयलाई दिनुहोस् ।-अज्ञात

११. हुन त जिन्दगीमा कुनै कुराको डर नमान्नु भनिन्छ, तर कहिले काहीँ डराउनुपनि सहि सावित हुन्छ ।-अज्ञात

१२. तपाईको अनुमती विना कसैले तपाईको अपमान गर्न सक्दैन । -ईलेनोर रुजवेल्ट

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!