प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

एघार सर्वोत्कृष्ट भनाइहरु

१. सुरूवातको पहिलो सानो एक कदमले तिम्रो जिन्दगी सधैभरीका निम्ती बदलिदिन सक्दछ । — ग्रुचो मार्क्स

२. षधइ तिमी केही चिजका बारेमा सोच्नमा मात्रै धेरै समय लगाउछौ भने, तिमीले त्यसलाई कहिल्यै पूरा गर्न सक्दैनौ । — ब्रुस ली

३. जिन्दगीको नयाँ उचाइमा पुग्नुछ भने तिमीले आफ्नो आरामलाई त्यग्नुपर्छ त त्यो गर्नुपर्छ जुन आरामदायी छैन । — टि. हार्भ एक्लर

४. कार्य विनाको उद्देश्य मात्र सपना हो । उद्देश्य विनाको कार्य समयको वर्वादी मात्र हो । मात्र कार्य सहितको उद्देश्यले संसार परिवर्तन गर्न सक्छ । — जोएल बार्कर

५. अरूलाई सहिरूपमा चिन्नु शिक्षा हुनु हो भने आफैलाई चिन्नु ज्ञान हो । अरूलाई जित्नु ताकत हो भने आफैलाई जित्नु शक्ति । — लाओत्से

६. यो संसारमा पैसा, प्रसिद्धि र यौन सबैभन्दा धेरै खोजिएको र सबैभन्दा कम बुझिएको कुरा हुन् । — रजनिश ओशो

७. जीवनमा उद्देश्य नभएको मानिस मुर्दा जस्तै हो । महत्वाकांक्षा भएको तर हृदयमा प्रेम नभएको मानिस पनि मुर्दा जस्तै हो । जसको जीवनमा केही गर्ने उद्देश्य र मनमा प्रेम छ, त्यही मानिस पूर्ण जिवन्त हो । — पर्ल बेली

८. बिच जंगलमा दोबाटो भेटियो, मैले कम मानिस हिड्ने बाटो रोजे र आज त्यसैले नै मेरो सबैथोक बदलिदियो । — रोबर्ट फ्रस्ट

९. सबै मानिसबरू भित्र दर्द लुकेको छ । बस्, कसैले रोएर देखाउछन त कसैले हासेर लुकाउछन् । — अज्ञात

१०. त्यो एकलाई जान, जसलाई जानेपछि जान्न बाँकी केही रहदैन । — शिवसूत्र

११. हामीले जीवनभर के भन्न चाहेका हौ, हो त्यही कुरा पहहिल्याउन सक्दैनौ, किनभने भन्ने कुरा पहिल्याउदा पहिल्याउदै जीवन समाप्त भइसकेको हुन्छ । — शंकर लामिछाने

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !