१०. जुन दिन तपाईं आफ्नो पूरा जिम्मेवारी लिनु हुन्छ, जुन दिन तपाईं बहाना बनाउन बन्द गर्नुहुन्छ, त्यसै दिन तपाईं शिखरतिरको यात्रा थाल्नुहुन्छ ।
– ओ.जे. सिम्पसन
९. कोशिश नगरेसम्म कसैलाई पनि मैले के गर्न सक्छु भन्ने थाहा हुदैन ।
– पब्लिलिएस साइरस
८. बाधा जति ठुलो हुन्छ, त्यसलाई पार गरेपछिको प्रसिद्धि पनि त्यति नै ठुलो हुन्छ । सक्षम जहाज चालक भयानक तुफानमा नै क्षमता विकास गर्छ ।
– एपिक्युरस
७. जित्ने मान्छे त्यही हो जसलाई मैले जित्न सक्छु भन्ने विश्वास छ ।
– राल्फ वाल्डो इमर्सन
६. भगवानले हामी कति काम गर्छौ भन्ने कुरा हेर्दैनन्, उनले त त्यो कामलाई कति प्रेमका साथ गर्छौ भन्ने हेर्छन् ।
– मदर टेरेसा
५. हामी मध्य हरेरकको दिमागमा करोडौं डलरको विचार भरिएको छ । समस्या यो हो कि प्रायः मानिसहरूलाई यो विचारलाई करोडौं डलरमा कसरी बदल्ने भन्ने थाहा छैन ।
– रोबर्ट कियोसाकी
४. अब यो सोच्ने समय होइन कि तपाईंसँग के छैन । यो तपाईंहरूसँग जे जति छ यसबाट तपाईं के गर्न सक्नुहुन्छ ।
– अर्नेष्ट हेमिंग्वे
३. जुन कुरा मुटु देखि निस्कन्छ त्यही कुरा नै मुटुसम्म नै पुग्दछ ।
– स्यामुएल टेलर कलरीज
२. दुनियाँको समस्या यो हो कि मुर्खहरुमा गजवको आत्मविश्वास हुन्छ र बुद्धिमान व्यक्ती शंकाले भरिएको हुन्छ ।
– बर्ट्रेन्ड रसेल
१. जसले एक घण्टा मात्रै पनि समय बर्बाद गर्दछ भने उसले जिन्दगिको मुल्य बुझेको छैन ।
– चार्ल्स डार्विन
सकारात्मक कुरा शेयर गर्नु प्रतिष्ठाको कुरा हो, यसैले शेयर गर्न नभुल्नुहोला । – माथिको मध्य कति नं. को भनाइ तपाईंलाई विषेश लाग्यो कमेन्ट पनि गर्नुहोला ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
Very nice tipes