प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

संघर्ष र सफलता

पत्याउनै मुश्किल हुन्छ तर बास्तविकता यिनै हुन्, संघर्ष विना कोही सफल हुँदैन ।

हामीमध्ये धेरैले रूचाएको कथाका लेखिका जे.के. रोलीङले उक्त कृति होटलको कुनामा बसेर जिस्ता कपीमा लेखेकी थिइन् ।

संसारभर सर्वाधिक कमाइ गर्ने फिल्म अवतार र टाइटानिकका निर्देशकले आफ्नो पहिलो स्क्रिप्ट जम्मा एक डलरमा बेच्नुपरेको थियो ।

हलिउडमा सर्वाधिक कमाइ गर्ने अभिनेता रोबर्ट डाउनी जुनियरका पिता हुन त निर्देशक नै थिए यद्यपी उनले आफ्नै करियर बनाउनका लागि

होटलको टेबुल पुछ्ने देखि भाडा माझ्नेसम्मको काम गर्नुपरेका थियो । उनले आफ्नो ड्रग्सको लतलाई समेत जितेका थिए ।

छब्बिस लर्षको लाठे तन्नेरी हुँदासम्म भारतका रजनिकान्त औसत स्तरका कामहरू जस्तै कुल्ली, खलासी आदिका काम गर्दथे ।

एसियामा सबैभन्दा बढी कमाइ गर्ने हिरो हुन, ज्याकी चान । उनका थुप्रै फिल्म हिट छन् तर उनले फिल्मी करियर सुरू गर्नु पहिले उनी अश्लिल फिल्ममा खेल्दथे । भारतिय अभिनेत्री सन्नी लियोनीजस्तै ।

भारतका सुपरस्टार अमिताभ बच्चन पहिलो पटक अडिसन दिन जाँदा समिक्षकहरूले खिल्ली उडाउदै भनेका थिए, ‘हेरन यस्तो लुरे लम्बु पनि फिल्म खेल्ने र!’

होमर अन्धा थिए, लर्ड बाइरनको एउटा खुट्टा छोटो थियो, जोन मिल्ट जेलमा छदै आँखा गुमाएको थिए तर पनि ती सबैले महान सृजना गर्न सक्षम भए । उनीहरू आफ्नो भाग्यलार्इ दोष दिएर कुनामा रोइ बस्न सक्थे तर होइन उनीहरूले आफुमा विश्वास भरे, धुलो लागेको पाना पुछे र त्यसमा कही लेख्ने साहस गरे र त आज महान कहलाइए । गल्ती र कमजोरी सबैमा हुन्छन्, उठ्ने तीनै हुन जसले अवरोधहरूको बाबजुद पनि आफूलार्इ अघि बढाउन सक्दछ ।

सारमा कोही पनि पूर्ण सक्षम छैन । Perfect छैन । हरेकमा कमजोरी छ, अवगुण छ, दोष छ । कसैमा खराब लत छ, कोही शारीरिक रूपमा ठगिएको छन, कोही आर्थिक शैक्षिक कारणले पिछडीएको छन । तर पनि दगतको बाबजुद चन्द्रमा मुस्कुराउन छोड्दैन, हिलो भन्दैमा कमलले फुल्न विर्सिदैन ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !