प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

सफलताको निम्ति मननयोग्य भनाइहरु

१. प्रत्येक मानिस जन्मदा ओरिजिनल जन्मन्छ्न्, तर दुःखद् रूपमा अरुको नक्कल गर्दै मर्दछ्न् ।
– अब्राहम लिंकन

२. तिमी जे चाहन्छौ सो को पछि गएनौ भने त्यो प्राप्त गर्न सक्नेछैनौ, जबसम्म अनुरोध गर्दैनौं तबसम्म जवाफ हुन्न हुनेछ, जबसम्म तिमी अघि बढ्दैनौ तबसम्म तिमी एकै ठाउँमा हुनेछौं ।
– नोरा रोबर्टस्

३. सुरुमा तिम्रो विचारमा कोहि हासेनन् भने त्यहाँ कुनै आशा छैन ।
– अल्बर्ट आइन्स्टाइन

४. तिमीलाई म सानो छु के गर्न सक्छु र जस्तो लाग्छ भने, मैले बुझे, तिमी खाटमा लाम्खुट्टेले सताएको रहेनछौ ।
– बेट्टी रेसे

५. यदि तिमी भित्रैबाट तिमिले चित्र कोर्न सक्दैनौ भन्ने आवाज आउँछ भने त्यसको वास्ता नगर र पुरै लगनले चित्र कोर तब त्यो आवाज स्वत: चुप लाग्नेछ ।
– भान गग

६. असफल हुनु कठिन कुरा हो तर पुनः उठ्ने प्रयत्न नगर्नु सबैभन्दा खरब कुरा हो ।
– थियोडेर रुज्बेल्ट

७. मैले आफ्नो जीवनमा एकदिन पनि काम गरिन, जति गरे मनोरञ्जन मात्रै गरे ।
– टमस एल्भा एडिसन

८. मेरो आफ्नो खुट्टा मेरो एक्लो साहस हो ।
– बब मार्ली

९. प्रत्येक विहान हाम्रो पुन: एकपटक जन्म हुन्छ । आजको दिनमा हामीले के गर्छौ त्यसले नै सबैभन्दा बढी फरक पार्दछ ।
– गौतम बुद्ध

१०. मोटर विना उड्न संभव छ तर ज्ञान र सीप विना छैन ।
– विल्भर राईट

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !