प्रेरक लाइनहरु

कही मनछुने लाइनहरु – संकलन २

१. माया र इज्जत उसलाई देउ जसले तिमीलाई आफ्नो ठान्छ, तिम्रो हरेक सुख-दुखमा साथ दिन्छ बाकी अरु त दर्शक मात्र हो जसले रमिता मात्र हेर्छन ।

२. कति मिठा हुन्छन ति यादहरु जसले हासो र आशु एकैपटक ल्याउने गर्दछ ।

३. कदर गर्न सिक किनकि न त जिन्दगी फर्किएर आउछ न त जिन्दगीमा आएकाहरु नै ।

४. अरुलाई खराव भन्न पहिले आफु असल हुनुपर्दछ ।

५. चुम्बक जस्तै टासिएकाहरु पनि आज खिया लागेको देखेर टाढिएर गए ।

६. संसारमा दुइ ओटा कुराहरु मात्र पाहुना हुन्छन- धन र यौवन । तर, यिनीहरु आउन र जानमा समय लाग्दैन ।

७. आफ्नो त त्यो हो जसले रुन दिदैन ।

८. घरमा मन्दिर नभएर के भो जब घरमा मन्दिर जस्तै मेरी आमा छिन ।

९. सुखमा आफ्ना हजार हुन्छन दुखमा सबै फरार हुन्छन ! कस्तो संसार बनाएछ दैवले जिउदा जिउदा एक्लै मर्दा मलामी हजार हुन्छन ।

१०. आमा : मलाई दुनिया जित्नु छैन बस तिम्रो मन जित्न पाए हुन्छ ।

११. आमा : मेरो आयु पनि तिमिलाइ लागोस ।

१२. सुखमा ताली बजनेने दश औला भन्दा त दुखमा आशु पुछिदिने एक औला नै ठुलो हुन्छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!