प्रेरक लाइनहरु

पहिलो अवसर गुमाउनेले दोस्रो मौका पाउन गार्हो हुन्छ – केही लाइनहरु

१. आफुलाई कसैले नहेरेको बेला हामि जे गर्छौ, त्यहि नै हाम्रो चरित्र हो।

२. बुद्धिमान व्यक्तिले कसैलाई पनि धोका र अपमानको व्यवहार गर्दैन ।

३. मानिसले तपाईलाई आफ्नो आलोचना दिन छुट दिएपनि चाहन्छन उनीहरु प्रशंसा नै।

४. अन्य मान्छेहरुले तपाईंको “स्थिति” हेर्छ अनि शुभचिंतकले तपाईंको “परिस्थिति” ।

५. मान्छेहरू आफ्नो प्रगतिका लागि यो भएन, त्यो भएन भन्ने गर्छन्, मनै देखि नआट्नेहरूले मात्र बाहना देखाउने हुन।

६. पहिलो अवसर गुमाउनेले दोस्रो मौका पाउन गार्हो हुन्छ।

७. तिमी केही चिजका बारेमा सोच्नमा मात्रै धेरै समय लगाउछौ भने, तिमीले त्यसलाई कहिल्यै पूरा गर्न सक्दैनौ ।

८. धन खर्च गर्नको लागि आफैले कमाउनुहोला । अरुको मेहनतबाट आएको लक्ष्मी खर्च नगरीदिनुहोस् ।

९. भगवानले बोझ दिन्छन् भने त्यो बोझ थाम्ने काधपनि दिएका हुन्छन्।

१०. शक्तिको अहङ्कारले हाम्रो मनबाट हर किसिमको मानवीय भावना र सद्गुणलाई क्रमश ध्वस्त पारिदिन्छ ।

११. बाहिर आफुलाई सुल्झिएको जस्तै प्रस्तुत गर्न भित्रभित्र निक्कै उल्झिनु पर्दछ।

१२. यदि तपाईलाई आफ्नो यात्रा सहज लागिरहेको छ भने तपाई पक्कै ओरालो लागिरहनु भएको छ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !