१. यदी हामी चट्टानलाई सजिलै तोड्न सक्छौ भने, किन एउटा कठोर परिस्थीतीलाई चाही बदल्न सक्दैनौ ।
२. हामी आफ्ना हरेक पलहरू आफै शिर्जना गरिरहेका हुन्छौ, र ति पलहरू हाम्रो भविश्य निर्माण गरिरहेका हुन्छन ।
३. जब तपाई रित्तिनु हुन्छ त्यो तपाईको लागी सुनौलो चुनौती हो किनभने त्यसमा खुसी वा दुख जे भर्न चाहन्छौ, त्यो तपाई भर्न सक्नुहुन्छ ।
४. जब हामी हाम्रो कमजोरीलाई बढी केन्द्रित गर्छौ र पलपल याद गरिरहन्छौ तब हामी बढी कमजोर हुन्छौ ।
५. केही मात्र यस्ता छन जुन आफ्नो आँखाले देख्छन अनि आफ्नो हृदयले महसुस गर्छन ।
६. हजारौ ठक्कर खाएर पनि सुनौलो रूप जसले फेर्न सक्छ त्यही वस्तु अनमोल बन्छ ।
७. ईश्वरको अगाडी हामी सबै एकजस्तै बुद्दीमान छौ र एकजस्तै मुर्ख पनि ।
८. जब तपाई पहाड चढ्न चाहनुहुन्छ तब सबैले तपाईलाई साथ दिन्छन भने, जब तपाई चन्द्रमा छुन चाहनुहुन्छ तब तपाईलाई साथ दिने कोही पनि हुदैनन् किनभने गन्तव्यसम्म पुग्ने बाटो तपाईले मात्र देखेका छौ अरूले देखेका छैनन् ।
९. किन हजारौ पलहरू जिउन चाहनुहुन्छ मात्र एउटा त्यस्तो पलको लागी जिउनुस, जुन पल हजारौ पलहरू भन्दा पनि अमुल्य बनोस ।
१०. यदी तपाई सफल हुन चाहनुहुन्छ भने तपाईले त्यो पल पनि पार गरेर अगाडी जानुपर्नेछ जहाँ, जिन्दगी र मृत्युबिच अलिकति मात्र फरक रहनेछ ।
११. समस्याहरूको कुनै आकार हुदैन, सानो वा ठुलो यसको आकार तपाईले बनाउनुहुन्छ ।
१२. खुसी मात्र एउटा यस्तो चिज हो जुन बाँडेपछी बढ्छ तर कहिल्यै घट्दैन ।


सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति
great thinking
great thinking