प्रेरक लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन साठी

१. हरेक बिहान मुसुक्क हास्नुकोस दिन सुटुक्क बित्छ ।

२. खुसी र शितको थोपा उस्तै हुन केही पल रहन नपाउदा बिलाएर जान्छ ।

३. भुल्नेलाइ भुल्न दिनुपर्छ प्रगती गर्नुस सम्झिनेको ताती लाग्छ ।

४. पढेको मान्छे भन्दा जिन्दगीमा लडेको मान्छेले धेरै बुझेको हुन्छ ।

५. मनमा प्रेम बोकेर आउ सम्बन्ध निभाउने जिम्मा मेरो भयो ।

६. नजरमा इज्जत बोकेर आउ सम्बन्ध निभाउने जिम्मा मेरो भयो ।

७. दुख नहुने मान्छेहरु त शायद मसानघाटमा मात्रै भेटिन्छ्न होला ।

८. बोलिमा अर्थ बोकेर आउ सम्बन्ध निभाउने जिम्मा मेरो भयो ।

९. वर्षा रोकिएपछी जसरी छाता बोझ हुन्छ त्यसरी नै काम सकिएपछि त्यहा नाता बोझ हुन्छ ।

१०. कहिलेकाही मुहारमा देखिने खुशी पनि झुटो हुनसक्छ त्यसैले मान्छेलाइ बुझेर मुल्यांकन गर्न सिक्नुहोस ।

११. जीवनको हरेक पल रमाएर जिउनुहोस फर्कीएर यादहरु आउछन समय हैन ।

१२. चोट सहेर अघि बढेर केही गरेर देखाउन मन मलाइ ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !