प्रेरक लाइनहरु

बाह्र यथार्थ लाइनहरु [दोस्रो खण्ड]

१. हरेक विजेता त्यो हार खाएको मानिस हो जसले फेरी प्रयास गर्न जानेको हुन्छ।

२. कुनै पनि सामान यदि “क” वर्गको एउटा किन्न सक्नुहुन्छ भने ३ ओटा “ग” वर्गको नकिन्नु होला।

३. सत्य तथ्य नबुझी अनुमान गर्नु, निरास हुनुको मुख्य कारण हो।

४. विश्वास गर्नुहोस्, तपाईसँग जति समय अहिले छ त्यति समय कहिले पनि हुदैन।

५. दुई मित्र एकअर्कासँग लामो समय सम्म रिसाउनुको मतलब यो हुन्छ कि दुवै गलत नै थिए।

६. जसले कुनै कार्य असफल देख्छ, उसले त्यो कार्य गर्ने अरुलाई रोक्न हुदैन।

७. जुन हातले अरुलाई फुल बाडिन्छ, त्यो हातमा पनि सुगन्ध पक्का आउछ।

८. हरेक कुराका सृजना दुई पटक हुने गर्दछ, पहिलो दिमागमा अनि अर्को वास्तविकतामा।

९. कहिलेकाही बेवास्ता गर्ने बानि नै मन शान्त बनाउने उत्तम उपाय भइदिन्छ।

१०. शब्दहरु बुझ्नको लागि शिक्षाको आवश्यकता पर्छ भने त्यसको अर्थ बुझ्नलाई अनुभवको।

११. आफ्नो इमान्दारीतालाई अरुको गुलाम हुन् कदापि नदिनु होला, जे भएपनि आफ्नो आत्मसम्मानसँग सम्झौता नगर्नुहोला।

१२. दूध, दही, मोही, घ्यु या मक्खन, सबै एकै कुलको हुदापनि सबैको मूल्य फरक पर्छ। जो पनि, जे पनि आफ्नो गुण या विशेषताहरुको कारण मूल्यवान हुने हो।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !