प्रेमिल लाइनहरु

बाह्र मन छुने भनाइहरु [बाह्रौ]

१. जिन्दगीमा आउछ्न कठिनाइ हरु हार नमानु है किन कि भगवान पनि येस्तो निर्देशक हुन जस्ले सबै भन्दा अप्ठ्यारो काम बेस्ट याकटर लाई नै दिन्छन रोजि रोजि।

२. त्याग एकदमै महत्त्वपूर्ण कुरा हो जिवनमा सफलता पाउनका निम्ती।

३. भाग्यमा होइन कर्ममा बिश्वास गरौं, सधै कडा मेहनत गरौं एक दिन अवश्य सफलताको शिखर चुम्न सकिन्छ।

४. तपाईं फुकेर दियो त निभाउन सक्नु हुन्छ,तर अगरबत्तिलाई कहिले पनि फुकेर निभाउन सक्नु हुदैन,किनकि सन्सार भरी बास्ना छर्ने मान्छेलाई कहिले कसैले पनि निभाउन सक्दैन।

५. यदि जिबन सुखद बनाउनु छ भने,एक पटक तिमिले गधाको जसै दुख का समय झेल्नुपर्नेछ ताकि त्यो मेहनतले सुख दिलाएर छाड्ने छ।

६. जीत र हार आ-आफ्नो सोचमा निर्भर गर्दछ मान्यौ भने हार हुन्छ र ठान्यौ भने जीत हुन्छ।

७. मानिसको मेहनत त्यो चाबी हो जसले तक्दीरको ढोका खोलिदिन्छ।

८. जुत्ता राम्रो भएपनि भित्र एउटा गिटी छिर्योभने चिल्लो सडकमा हिड्न पनि गाह्रो हुन्छ, त्यसैले बाहिरको चुनौतीसँग होइन भित्रको कमजोरीहरु ख्याल गरौ।

९. जब दुख आउँछ तब सुख नि अवस्य आउँछ चिन्ता नलिनुस किनकी जहाँ उकालो हुन्छ त्याहा ओरालो नि हुन्छ अहिले ओरालो झर्दैमा नआतिनुस उकालो चढ्ने मौका फेरि आउँछ ।

१०. जिन्दगीमा पछुतो गर्नु छोडिदेउ, बरु यस्तो काम गर कि तिमिलाई छोड्नेहरु पछुताओस्।

११. जसबाट सबैभन्दा धेरै आशा राखिएको हुन्छ उसैबाट निरास हुँदाको पीडा भयानक हुन्छ, मानिसलाई परिवर्तन गराउने कारण बन्दिन्छ,त्यसैले अरु बाट धेरै आश राख्नु आफैलाइ हानिकारक हुन्छ।

१२. सिर्जनशील सोचहरु उज्वल भविष्यको मार्गदर्शन हुन्छन् ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !