प्रेमिल लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन छयहत्तर

१. हिजोआज रातहरु निन्द्रामा होइन तिम्रो यादमा बित्ने गर्छन ।

२. यहा धेरै मान्छेहरूलाई मेरो आँसुसंग खुशी र मेरो खुसीसंग जलन छ ।

३. धनिलाइ कोरोना होला भन्ने डर गरिब लाई लकडाउन होला भन्ने डर ।

४. प्रेम हुन्छ नै त्यस्तो – हसाउनेको मात्र होइन रुवाउनेको पनि माया लाग्छ ।

५. म सानो सानो कुरा मा रिसाउन मात्र होइन खुसी हुन पनि जानेको छु ।

६. आमा फेरि त्यो स्कुलको झोला बोकाइद्नुसन जिन्दगी को बोझ उठाउन सार्है गार्हो भो ।

७. किनारा नमिलोस केही छैन अरुलाइ डुबाएर तर्न मलाइ आउदैन ।

८. सम्बन्धमा कहिले काहीँ झुट त लौ ठिक छ तर झुटै झुट भित्रको सम्बन्ध कहिलेसम्म टिक्छ ।

९. आखिर ती यादहरु पनि सड्क जस्तै थिए हरेक मोड मोड्मा जोडिदै जाने ।

१०. तपाईं जे भन्नुहोस तर म भन्छु पीडा लुकाएर हास्नु पनि जिन्दगी हो ।

११. बुजि सकेको छु मैले बिना फाइदा कोहि आफ्नु र नजिकको हुदैन ।

१२. जस्लाइ राम्रो सोच्छु त्यही घटिया निस्कन्छ, हो यो कलियुग नै रहेछ ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !