यथार्थ लाइनहरु

केही यथार्थ लाइनहरु – संग्रह तिन

१. यदि तपाई राम्रो भएर पनि मान्छेहरू तपाईंको बारेमा गलत बोल्छन भने उनीहरु सायद तपाईंसँग अन्जान छन्, किनकी कुकुर सधै अन्जान मान्छेलाई नै भुक्छ ।

२. खुसी रहन चाहनु हुन्छ भने जिन्दगीमा फैसाला आफ्नो परिस्थितिलाई देखेर लिनुहोस्, दुनियाँलाई देखेर जो फैसला लिने गर्छन् उनीहरु दुखी नै रहन्छन ।

३. मान्छे त्यतिबेला बदलिन्छन जब उनका आवश्यकताहरू बदलिन्छन ।

४. मेरो परिस्थितिले तय गर्दैन कि म कस्तो छु, म तय गर्ने छु कि मेरो परिस्थिति कस्तो हुनेछ ।

५. दुनियाँ खराब छ, मतलबी छ, त हुन दिनुहोस, बस तपाईं आफ्ना मान्छे को लागि राम्रो र सच्चा बन्नुहोस भगवान तपाईंलाई कहिल्यै नराम्रो गर्नुहुनेछ छैन ।

६. कोही सम्बन्धहरु भाडाका घर जस्तै हुन्छन्, उनलाई जति सुकै सजाउनुहोस तर उनी कहिल्यै आफ्नो हुँदैन हुँदैनन ।

७. विश्वास त सबैले झूट माथीनै गर्छन्, सत्य त प्रायः प्रमाणित गर्नुपर्दछ ।

८. आफ्नो रिसलाई बेकारका मान्छेहरु माथि बर्बाद नगर्नुहोस् यसलाई आफ्नो तागत बनाउनुहोस् ।

९. चेस होस वा जिन्दगी जित्नको लागि धैर्य राख्नु पर्दछ ।

१०. सबै दुख समाप्त भएपछि मन प्रसन्न हुनेछ यो तपाईंको भ्रम हो , मन प्रसन्न राख्नुहोस सबै दुःखहरु हट्नेछन् यो वास्तविकता हो ।

११. जो सत्य बोल्छ, सबैभन्दा धेरै घृणा मानिस उसैलाई गर्दछन ।

१२. एक्लै बस्ने मानिस यस कुराको धेरै प्रवाह गर्दैनन् कि अरुले के सोच्नेछन् यिनीहरु आफ्नो मनका कामहरु गर्छन् र जिन्दगी लाई भरपुर जिउँछन ।

सम्पादकको तर्फ बाट अनुरोध — नमस्ते ! यो सामग्री यहाँलाई कस्तो लाग्यो ? यस्तै उत्प्रेरक सामग्रीहरू क्रमश: प्रकाशित गर्दै आइरहेका छौं । कुनैपनि विज्ञापन नराखिने भएकाले हामीलाई यो वेवसाइटबाट कुनै आर्थिक आम्दानी हुँदैन बरू वेव सर्भरको लागि वार्षिक शुल्क तिरिरहनुपर्छ । वेबसाइटलाई नियमति संचालन गर्नको लागि आवश्यक पर्ने सानो सहयोगको निम्ति BuyMeMOMO मार्फत वा 'सफल संसार' को FonePay QR मार्फत हामीलाई सहयोग गरिदिनुहुन् सविनय अनुरोध गर्दछु । 🙏

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !