यथार्थ लाइनहरु

सधै सोचेजस्तो हुन्न जीवन — केही यथार्थ लाइनहरु

यहाँ हामीले जीवन, प्रेम, सफलता तथा असफलता सम्बन्धि मनको भित्री भागलाई स्पर्श गर्ने सक्ने खालका केही लाइनहरुको संकलन प्रस्तुत गरेका छौ । बाहिरी दुनियाको यथार्थता जस्तै होस् तर त्यसले तपाईलाई असर गर्ने नगर्ने भन्ने कुरा तपाई आफूमा निर्भर रहन्छ यसैले दुनियालाई अवश्य चिन्नुहोस, जीवनको कठोरता अनुभूत गर्नुहोस् तर आफूलाई थप कमजोर भने कहिल्यै नपर्नुहोस् किनकि कठिन चिजले नै मानिसलाई बलियो बनाउने गर्दछ । यी भनाइहरु मनपरे अवश्य शेयर गर्नुहोला र थप यस्तै भनाइहरुको निम्ति हाम्रो एप यहाँबाट डाउनलोड गर्नुहोला ।

१. दुनियालाई झुटा मान्छे मन पर्छ, थोरै सत्य बोल्यो भने आफ्नै मान्छे पनि रिसाउँछन आजकल ।

२. मान्छेले त भगवानलाई पनि बिर्सिन्छन, हामी त फेरि पनि मान्छे न हौं ।

३. तमाशा अरु कसैले होइन बरु हामी आफै बनाउँछौ आफ्नो जिन्दगीको, हरेक कसैलाई आफ्नो कमजोरी बताएर ।

४. जो ठक्कर खाएर पनि लाड्दै लड़दैन भने सम्झिनु कि भगवानले उसलाई थामीरहनु भएको छ ।

५. तिमीले के सिकाउँला र मलाई प्रेम गर्ने तरिका, मैले आमाको एक हातबाट थप्पड र अर्का हातले रोटी खाएकोछु ।

६. आफैंलाई आफ्नो नजरबाट गिराउन छोडिदिनुहोस, जब मान्छे तपाईलाई सुन्दैनन भने सम्झानुको के अर्थ नै रहन्छ र ।

७. जुन सम्बन्धमा तपाईले आफूले आफूलाई गुमाई दिनुहुन्छ, उस सम्बन्धले आज नभएपनि भोलि तपाईंलाई जरूर दुःख दिनेछ ।

८. दुःख भोग्ने वाला अगाडि गएर खुशी हुन सक्छ तर दुख दिने वाला कहिल्यै खुसी हुन सक्दैन ।

९. अनुभव भन्छ कि एक्लै अधेरिमा हिड्नु कुनै धोकेबाजको साथ उज्यालोमा हिड्नु भन्दा धेरै उत्तम हो ।

१०. जिन्दगि एक खेल हो, अब यो तपाईमा निर्भर गर्दछ कि तपाई खेलाडी बन्नुहुन्छ वा खेलौना ।

११. कठिनाइहरु यसैले आउँदछन ताकि तपाईं दुई कदम अझै अगाडि बढ्न सक्नुहोस ।

१२. हरेक रोहिरहेको पलहरु मुस्कुराउने छन । तपाईं धैर्य गर्नुहोस आफ्नो समय पनि आउनेछ ।

१३. यदि तपाई एक दिन आफैंप्रति गर्व महसुस गर्न चाहनुहुन्छ भने आज हार नमान्नुहोस ।

१४. सधै याद राख्नुहोस, जे हुन्छ राम्रोको लागि नै हुन्छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !